८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताप्लेजुङमा सबैभन्दा बढी बलात्कारका घटना

इन्सेकको अभिलेख अनुसार गत मध्य पुसदेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघनसंग सम्बन्धित १२ वटा घटना भएका छन्।

बझाङमा दाजुद्वारा १२ वर्षीया बालिका बलात्कृत

आईतबार साँझ साढे ६ बजे गाईगोरु बाध्ने गोठमा लगेर १९ वर्षीय युवकले आफ्नै काकाको १२ वर्षीय छोरीलाई बलत्कार गरेको बझाङ प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टले बताएका छन्।

७७ वर्षीया महिलामाथि बलात्कारकाे घटनामा जनप्रतिनिधिले नै मिलापत्र गरेको खुलासा

कैलालीको घोडाघोडी नगरपालिका ४ मा ७७ वर्षीया वृद्धालाई बलात्कार गरिएको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको खुलासा भएको छ। जनप्रतिनिधिसहित गाउँका टाठाबाठाहरु बसेर पीडितलाई ३ लाख रुपैयाँ दिने सहमतिमा वृद्धा महिलालाई बलात्कार गरेको घटना गुपचुप राखिएको थियो।

भागरथीको हत्या गर्ने पक्राउ

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्राउ परेका छन् ।

बाह्र दिनसम्म पनि भागरथी हत्या रहस्यमै

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बलिका भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन । घटनाको शुरुदेखि नै गंभिरतापुर्वक अनुसन्धानमा जुटिरहेको प्रहरीले अनुसन्धान साँघुरिएको दावी गरेको छ । तर अहिले सम्म प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन । अढाई वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया बलिका निर्मला जस्तै भागरथीको बलत्कार र हत्याको घटना जटिल देखिएको छ ।

भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न कांग्रेसको सरकारसँग माग

नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ।

भागरथीको न्यायका लागि प्रदर्शन चर्कदै, अनुसन्धान साँघुरिदै गएको प्रहरीको दाबी

भगरथीको हत्या भएको एक बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि निर्मला पन्तजस्तै भागरथीले न्याय नपाउने हो कि भनेर आफन्त र स्थानीय चिन्तित् बनेका छन्।

भागरथीको हत्याराको 'क्लु' अझै भेटिएन

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा ७ दिन सम्म पत्ता लाग्न सकेको छैन । कंचनपुरकी वालिका निर्मला पन्तको हत्याको घटनामा प्रहरीले लापरवाही गरेको भनेर व्यापक आलोचना भएकाले त्यस्तै प्रकारको भागरथीको हत्याको घटनामा भने प्रहरीले शुरु देखि नै गंभिरता पुर्वक लिएर अनुसन्धान गरिरहेको छ ।

बैतडीमा किशोरीको विभत्स हत्या, बलात्कार गरेर हत्या गरिएको आशंका

बैतडीमा एक किशोरीको बिभत्स हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बिभत्स हत्या गरिएको हो । बलत्कार पछि हत्या गरिएको आशंका गरिएको छ ।

खुकरी देखाई बलत्कार गर्ने एक जना पक्राउ

खुकुरी देखाएर बलत्कार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका– ८ दोहनीका  ५५ वर्षिय बर्मा भनिने तालकु बढईलाई प्रहरीले प्रक्राउ गरेको हो।

निर्मला हत्या प्रकरण : अान्दाेलनकारी र प्रहरीबीच झडप, पाँच राउण्ड अश्रुग्यास प्रहार

तेह्र वर्षीया बालिका निर्मला पन्तको प्रहरीले बास्तवित हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलित भएका छन्।

फेसबुकको प्रेमीले बन्धक बनाई बलत्कार गराए

दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती कोहलपुर, बाँकेका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन्।

मर्निङवाल्कमा निस्केकी युवती बलत्कार आरोपमा तीन पक्राउ

सामुहिक बलत्कारका तीन आरोपी प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते सामुहिक बलत्कारमा संलग्न फरार आरोपी पक्राउ गरेको शुक्रmबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी गराएको छ।

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलत्कार गरेका छन्। नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी उनलाई तीनजना युवाले समूहिक बलत्कार गरेका प्रहरीमा दिएको वयानमा उल्लेख छ।

३२ वर्ष पछि बलत्कारी पक्राउ

जाजरकोट- ३२ बर्षा अघि जिल्ला अदालत जाजरकोटले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजायँको फैसला सुनाएका व्यक्ति ३२ वर्ष पछि पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्