८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भागरथीको हत्याराको 'क्लु' अझै भेटिएन

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा ७ दिन सम्म पत्ता लाग्न सकेको छैन । कंचनपुरकी वालिका निर्मला पन्तको हत्याको घटनामा प्रहरीले लापरवाही गरेको भनेर व्यापक आलोचना भएकाले त्यस्तै प्रकारको भागरथीको हत्याको घटनामा भने प्रहरीले शुरु देखि नै गंभिरता पुर्वक लिएर अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नेपाल प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदी बैतडीमै रहनु भएको छ भने सिआईवीको टोली, वरिष्ट प्रहरी उपरिक्षक जनक पाण्डेयको छानबिन टोली पनि अनुसन्धानमा खटिएको छ । तर ७ दिन सम्म प्रहरीले हत्यारा पत्ता लगाउने क्लु भेट्टाउन सकेको छैन । प्रहरीले अनुसन्धानको दायरा साघुरिदै गएको बताएपनि अहिले सम्म निर्मलाको जस्तै भागरथीको बलत्कार एक जनाले हो वा सामुहिक भन्ने कुरा सम्म खुल्न सकेको छैन । 

पोष्टमार्टम रिपोटले बलत्कार पछि घाँटी थिचेर हत्या भएको देखाएको छ । अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी उपरिक्षक पाण्डेयले lबुधवार अढाई बजेतिर घटना भएको अनुसन्धानवाट देखिएको बताए । तर एक जनाले हो वा सामुहिक बलत्कार भन्ने कुरा अझै खुल्न नसकेको बताए ।‘हामी अनुसन्धान गरिरहेका छौं, अनुसन्धान साघुरिदै गएको छ’उनले भने । प्रहरीले भागरथीको समाजिक सन्जाल फेसवुकमा जोडिएका, उनीसँग अन्तिममा भेट भएका, कल डिटेलका आधारमा, घटनाको समयमा घटनास्थल नजिक मोवाईलको लोकेसन देखिएकाहरु सँग सोधपुछ गरिरहेको छ । श्रोतका अनुसार प्रहरीलाई शंकास्पद केहि जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले सवैकोण वाट अनुसन्धान गरिरहेको र संकास्पद व्यक्तीलाई निगरानीमा राखेर अनुुसन्धान अघि बढीरहेको बताएका छन । ‘अनुसन्धान साघुरिदै लगेर गएका छौं, छिटौ नै अपराधी पत्ता लाग्ने छ’उनले भने । बिभिन्न व्यक्तीलाई निगरानीमा राखेर सोधपुछ भैरहेको उनले बताए । गत बुधवार २ बजे बिद्यालयको पढाई सकेर घर फर्कने वेला उनी वेपत्ता भएकी थिइन् । दोश्रो दिन साँझ बिद्यलाय र घरको बिचमा वाटोवाट करिव ५० मिटर तल लवलेक सामुदायिक वनको बलत्कार गरि हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । 

बिद्यालय नजिकैको बजार खोचलेक बजारमा उनलाई २ बजे स्थानियले देखेका थिए । बिहिवार साँझ बिद्यालय वाट घर फर्कने वेला चडेपानीका ३ बिद्यार्थीले बाटो छेउ तल मृत अवस्थामा भागरथी देखेका थिए । तल्लो शरिर निर्वश्त्र, यौनांगमा रगत बगेको, हात काटिएको, शरिरभरी निलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । 

निरन्तर प्रदर्शन

भागरथीको हत्यारा पत्ता लगाउन बैतडी लगायतका सुदूरपश्चिमको अस्थाई राजधानी धनगढी लगायतका ठाउँमा दिनहुँ जसो प्रदर्शन भैरहेका छन । धनगढीमा हुने प्रदर्शनमा बिभिन्न बिद्यालय, कलेजका बिद्यार्थी हरु सहभागी हुने गरेका छन । यसैगरि बैतडीमा स्थानिय ले बनाएको संघर्ष समितीकाले चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ । बुधवार गाउँपालिका कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्षसमितीका संयोजक शंकर दत्त भट्टले बताए ।

प्रकाशित: २८ माघ २०७७ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App