१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गाउँमा धमाधम घर बन्दै, सहरमा अझै अलमल

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्यले पछिल्लो समय तीव्रता पाइरहेको छ । ग्रामीण क्षेत्रका भूकम्पपीडितले धमाधम घर बनाउन थालेका छन् । सहरी क्षेत्रमा भने अझै अलमलकै अवस्था देखिएको छ । विशेषगरी काठमाडौं उपत्यकाभित्र निजी आवास पुनर्निर्माणमा समस्या देखिएको हो।

रानीपोखरी पुनःनिर्माण अन्योलमा

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ।

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले दियो थप ५ करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाकै खर्चमा गर्ने बताएका छन्। यसका लागि महानगरले थप ५ कराेड रुपैयाँ काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरेको छ।

शंखमुल घाटमा एनआरएनद्वारा पार्क निर्माण

गैरआवाशीय नेपाली संघले ललितपुरको शंखमुल घाटमा पार्क निर्माण सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ दिवसको अवशरमा बिहीबार एक समारोहकाबीच संघका अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई उक्त पार्क हस्तान्तरण गरेका हुन्।

सम्पदा क्षेत्रमा लागू नहुने

काठमाडौं महानगरपालिकाले भवन निर्माणमा ल्याएको नयाँ मापदण्ड सम्पदा क्षेत्रमा लागू नहुने भएको छ ।

त्रिचन्द्र क्याम्पस र रानीपोखरी पुननिर्माण समन्वायत्मक ढंगबाट गर्न प्रस्ताव

नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल गरेको छ। प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको हो।

पूर्वाधार निर्माणमा कमसल सामग्री

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन पूर्वाधारको काममा कमसल सामग्री प्रयोग भएको छ।

पुनर्निर्माण अभियानमा १९ करोड

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आर्थिक वर्ष २०७४–७५ मा भूमि अधिकार अभियान र पुनर्लाभ तथा पुनर्निर्माण अभियानका कार्यक्रमका लागि १९ करोड ३१ लाख खर्च गरेको छ।

चारवटा एकीकृत बस्तीको योजना स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजना स्वीकृत गरेको छ।

बुङमती बस्तीको मौलिक पुनर्निर्माणमा जोड

भूकम्पले भत्काएको बुङमती बस्तीको पुनर्निर्माण मौलिक शैलीमा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

बंगरी खोला पुल निर्माणमा विलम्ब

ठेकेदार कम्पनीको लापरबाहीका कारण कलैया–नितनपुर सडक खण्डअन्तर्गत बन्जरियामा पर्ने बंगरी खोलामा पुल निर्माण सकिएको छैन । दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने यो पुल निर्माणकार्य ३० प्रतिशतभन्दा कम भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

तीन वर्षपछि बल्ला तेस्रो किस्ता

भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोटाङका भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण सुरु गरेको छ। २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो र दोस्रो किस्ता लिएर आवास निर्माण गरिरहेका लाभग्राहीलाई तेस्रो किस्ता दिन थालिएको हो।

उठ्दैछ सांस्कृतिक सहर दोलखा

भूकम्पले तहसनहस प्राचीन दोलखा बजारका सम्पदाको पुुनर्निर्माण भइरहेको छ। बजारका निजी घरसँगै मठमन्दिर, डबली, पाटीपौवालगायत वर्षौं पुराना सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदैछन्।

निर्माण सामग्री अभावले चार लेन प्रभावित

निर्माण सामग्री अभावले प्रदेश राजधानी वीरेन्द्रनगरको चार लेन सडक प्रभावित भएको छ । स्थानीय तहले ढुंगा, गिट्टी र बालुवाको ठेक्का नखुलाउँदा प्रदेश राजधानीको मुख्य सडक निर्माण प्रभावित बनेको हो।

भूकम्पपछिको पुनर्निर्माण : घर बनाउनेलाई धमाधम सम्पन्न प्रमाणपत्र

सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले भूकम्पपछिको पुनर्निर्माण सकेका प्रभावितलाई आवास निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालेको छ। वडा कार्यालयले मंगलबार एक कार्यक्रम गरी आवाशीय पुनर्निर्माण सकेका १ सय २८ भूकम्प प्रभावितलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्