१ मंसिर २०८१ शनिबार
image/svg+xml

फिल्ड अफिस हटाउन भारतको आनाकानी

विराटनगरको फिल्ड अफिस हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन। उल्टै ‘कुनै जानकारी नआएको’ भन्दै फिल्ड अफिसका कर्मचारी नियमित काम गरिरहेका छन्।

ग्राहक योजनाका विजेतालाई स्कुटर

नेपाल रिपब्लिक मिडियाको प्रकाशन नागरिक दैनिकले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार शीर्षकको ग्राहक योजनामा श्री आर्यान वाईन सप, मुलपानी विजेता बनेको छ । यो योजना अन्तर्गत अन्तिम महिनाको मासिक विजेता बनेको आर्यान वाईन सपले अप्रिला स्कुटर प्राप्त गरेको छ।

नोटेसनसहित पन्नाकाजीका गीत

‘तिरिरी मुरली बज्यो वनैमा लौ माया नमारे’ नेपालको सदाबहार गीतको नाम लिनुपर्दा यो गीत पहिला पाँचमा सजिलै अटाउँछ । २०१५ सालमा कलकत्तामा रेकर्ड भएको यही एउटै गीतले पन्नाकाजीलाई संगीतप्रेमीबीच अमर बनाइदिएको छ ।

नेकपा केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ।

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिँदै

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ।

रसुवागढी जोड्ने छोटो दूरीको अन्तर्राष्ट्रिय नाका उद्घाटन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएकाे छ।

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिन लागिएको हो । रसुवागढी नाका नजिकै निर्माण गरिएको प्रिफेब्रिकेटेड भवनबाट एक हप्ताभित्र सेवा सुरु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।

पाहुनाका अगाडि भाँडभैलो

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा मुलुकको आन्तरिक मामिलालाई छरपस्ट पारेपछि यसको चर्चा सदनदेखि सडकसम्म भइरहेको छ। त्यसो त, हाम्रा सबैजसो नेतालाई आन्तरिक मामिलाबारे विदेशीसँग चर्चा गर्नुहुँदैन भन्ने हेक्कासमेत छैन। तर, मुख्यमन्त्री राउतले ‘विभेदकारी संविधान’ विरुद्ध संघर्षरत रहेको टिप्पणी गरेर उनले आफ्नै पदीय मर्यादाको उल्लंघन गरेका छन्।

रसुवागढी नाका जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलियो

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ।  आइतबार दिउँसो १ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। डिभिजन सडक कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको हो।

रसुवागढी नाका जोड्ने सडकमा पहिरो गएपछि यातायात ठप्प

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो।

रसुवागढी नाका जोड्ने सडकमा पहिरो, खुलाउन ५ घण्टा लाग्ने

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ ।  आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेशीमा सुख्खा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा पहिरो गएको हो।

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए।

'मोदी जी स्वागत तर, नाकावन्दी विर्सेका छैनौ' प्लेकार्ड सहित धनगढीमा प्रदर्शन

भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी नेपालको राजकीय भ्रमणमा रहेका वेला विवेकशिल साझा पार्टीले धनगढीमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी विर्सेका छैनौ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्।

अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास

अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास भएकाे छ । प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीले शुक्रबार संयुक्त रूपमा अायाेजनाकाे शिलान्यास गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्