१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कृषि विकास बैंकको बोनस पारित

कृषि विकास बैंक लिमिटेडको १५औं वार्षिक साधरणसभा सम्पन्न भएको छ। देशभर २ सय ७९ वटा शाखामार्फत सेवा दिँदै आएको उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सरकारी नियमन बाहिर ‘राइड सेयरिङ’

राइडिङ सेयरिङमार्फत सञ्चालनमा आएका सवारीसाधनको भाडादर निर्धारण, सुरक्षा, बिमालगायतका विषयमा नियमन तथा अनुगमन नहुँदा सर्वसाधारण ठगिँदै आएका छन्। चार वर्षदेखि सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनीको अनुगमन संयन्त्र र कानुन बनाउन संघीय र प्रदेश सरकार असफल देखिएका छन्। यसैको फाइदा यी कम्पनीले उठाइरहेका छन्।

भगवती हाइड्रो पावरको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँका दरको १४ लाख ३० हजार एक सय ६२ कित्ता साधारण सेयर निष्कासन गर्नका लागि सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नेप्से ६० बिन्दुले बढ्यो

साताको सुरुमा सेयर बजारमा लगानीकर्ताको चासो बढेको देखिएको छ। सेयर खरिदमा लगानीकर्ताको चाप बढेपछि आइतबार सेयर बजारको सूचक नेप्से ६०.४१ बिन्दुले बढेको छ। योसँगै नेप्से २५८४.९१ बिन्दुमा पुगेको छ।

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

साधारण सेयरको प्राथमिक निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्, ६ लघुवित्त तथा बिमा र अन्य कम्पनी २–२ छन्।

कहाँ पुग्ला सेयर बजार?

नेपाल राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजी बजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ता भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक अन्य कारणले पुँजी बजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

एकै दिन ८९ अंकले घट्यो नेप्से

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजीबजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ताहरू भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक पुँजीबजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

लोअर इर्खुवा हाइड्रो पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ

लोअर इर्खुवा हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ।

कोका–कोलाको ‘दसैं अभियान धन्यवाद’

कोका–कोलाले यसपालिको दसैं अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सथै सहयात्री रहेका व्यक्तिलाई एउटा कोक बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको छ।

लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

मुक्तिनाथ क्यापिटलको साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्