२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचनबारे जनतासम्म सूचना प्रवाह गर्न सभामुखको आग्रह

सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउन आग्रह गरेकी छिन् ।

निर्वाचन सामान्य परिघटना होइन : सभामुख घर्ती

सभामुख ओनसरी घर्तीमगरले तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताएकी छिन् । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष भनेकै निर्वाचन हो, नेपाल रेडक्रस केन्द्रीय सभाको ४६ आैँ महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख घर्ती भनिन्, ‘स्थानीय तहको निर्वाचनले मात्र उत्पीडित पिछडिएको वर्ग मधेसी थारु लगायतका समुदायलाई न्याय दिलाउँछ ।

संसद्ले सहमति कुरेको छ : सभामुख

सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद्को चालू अधिवेशन चाँडै अन्त्य हुने बताएकी छन्। बंगलादेशको ढाकामा सम्पन्न अन्तरव्यवस्थापिका संघको १३६औं सम्मेलनमा भाग लिएर फर्किने क्रममा त्रिभुवन अन्तर्राटि्रय विमानस्थलमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताइन्।

मधेस केन्द्रित दल सहित निर्वाचन हुन्छ: सभामुख

सभामुख ओनसरी घर्तीले मधेस केन्द्रित दलसहितको सहभागीतामा स्थानीय तहको निर्वाचन हुने बताएकी छन्। अबको दुईसाता भित्रमा सहमती बन्ने र मधेसवादी दलहरु समेत वैशाख ३१ को चुनावमा सहभागी हुने दाबी उनको छ।

सरकारबाट फिर्ता भएको औपचारिक पत्र सभामुखलाई

मधेसी मोर्चाले आधिकारिक रुपमा सरकारबाट फिर्ता भएको पत्र सभामुख ओनसारी घर्ती समक्ष बुझाएको छ। सभामुखको सचिवालयमा उपस्थित भएर तराई आधारित चार पार्टीका नेताहरुले संयुक्त रुपमा पत्र सभामुखलाई हस्तान्तरण गरेका हुन्।

मोर्चाले समर्थन फिर्ताको पत्र सभामुखलार्इ नपठाउने

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्षमा अन्ततः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुगेको छ ।

निर्वाचन सम्बन्धी सबै विधयक साेमबार पारित हुन्छन्ः सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छन्।

सबै असन्तुष्टि सम्वोधन हुन्छन्: सभामुख

सभामुख ओनसरी घर्तीले संविधानप्रति असन्तुष्ट हरेक समुदाय वा समूहको माग तत्काल सम्वोधन हुने दाबी गरेकी छन्। यी माग सम्वोधन भएपछि संविधान कार्यान्वयनका लागि बाटो सहज हुने उनको भनाइ छ।

दलहरुबीच दुरी बढ्दा संघीयता खतरामा: सभामुख

सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरुबीच द्वन्द्व बढ्दै गएको भन्दै यसले प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएकी छन्। उनले दलहरुबीच बढेको दूरीले संघीयता गुम्ने खतरा भएको भन्दै उनले सचेत रहन आग्रह गरिन्।

टुडिखेलमा थारुको दुई दिने माघी महोत्सव हुने, सभामुखद्वारा उद्‍घाटन

राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

संसद खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

संविधान संसोधनको बिषयलाई लिएर अबरुद्ध हुदैँ आएको ब्यवस्थापिका संसद खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगरबिच बुधवारै बिहानै भेटवार्ता भएको छ।

सभामुखले बोलाइन शीर्ष नेतासहितको कार्यव्यवस्था बैठक

संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्थाको बैठक बोलाइएकी छन्।

आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी

तत्काल संसदको जारी अवरोध हट्ने संकेत नदेखिएपछि सभामुख घर्तीले प्रमुख शीर्ष नेतालाई सदनमै छलफल गराउने गरी तयारी थालेकी हुन्। त्यसकालागि सभामुखले प्रमुख सचेतकमार्फत प्रमुख दलका शीर्ष नेतालाई संसद बैठकमा उपस्थित हुन आग्रह गर्ने तयारी गरेकी हुन्।

तीन दिनभित्र सहमति गर्न सभामुखको अल्टिमेटम

सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छन्। सभामुखले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनकालागि आफूले निर्देशन दिएको बताइन्।

सभामुखको पहलमा सात दलको बैठक जारी

सभामुख ओनसरी घर्तीको पहलमा संसदमा प्रनिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल केन्द्रित छ। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले संसद अबरोध गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्