३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

सरकारबाट फिर्ता भएको औपचारिक पत्र सभामुखलाई

समर्थन फिर्ताको पत्रसहित सभामुख सचिवालयमा मोर्चा नेताहरु। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— मधेसी मोर्चाले आधिकारिक रुपमा सरकारबाट फिर्ता भएको पत्र सभामुख ओनसारी घर्ती समक्ष बुझाएको छ। सभामुखको सचिवालयमा उपस्थित भएर तराई आधारित चार पार्टीका नेताहरुले संयुक्त रुपमा पत्र सभामुखलाई हस्तान्तरण गरेका हुन्।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्‌भावना पार्टी तथा राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रतिनिधि नेताहरुले पत्र हस्तान्तरण गरेका हुन्।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्‌भावना पार्टी तथा राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रतिनिधि नेताहरुले पत्र हस्तान्तरण गरेका हुन्।

तराई मधेस सद्‌भावना पार्टी तथा संघीय सद्‌भावना पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक जानकारी दिएका छैनन्।

संघीय समाजवादी फोरम नेपालले बुधबार नै सरकारबाट फिर्ता भएको पत्र सभामुखलाई बुझाइसकेको छ।

बुधबार तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चा बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मोर्चाको सो बैठकले सरकारलाई असहयोग गर्ने सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

संविधान संशोधनको सर्तसहित पुष्पकमल दाहाल सरकारलाई मोर्चाले समर्थन दिएको थियो। ५ नम्बर प्रदेशको सिमाङ्कन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव संसदमा विचाराधीन छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, एमालेसहितका दल संशोधनको प्रस्तावको पक्षमा नहुँदा संविधान संशोधन हुन सक्ने अवस्था छैन।

प्रधानमन्त्रीले मोर्चा नेताहरुलाई बुधबार बोलाएर सो तथ्य अवगत गराउँदै प्रदेश तथा केन्द्रको चुनाब अगाडि संशोधन गर्ने एवं अहिले स्थानीय निर्वाचन नबिथोल्न आग्रह गरेका थिए। त्यसपछि बसेको मोर्चा बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

प्रकाशित: ३ चैत्र २०७३ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App