२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद्ले सहमति कुरेको छ : सभामुख

काठमाडौं- सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद्को चालू अधिवेशन चाँडै अन्त्य हुने बताएकी छन्। बंगलादेशको ढाकामा सम्पन्न अन्तरव्यवस्थापिका संघको १३६औं सम्मेलनमा भाग लिएर फर्किने क्रममा त्रिभुवन अन्तर्राटि्रय विमानस्थलमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताइन्।

स्थानीय निर्वाचनका लागि राजनीतिक दलबीच सहमति गरेर अगाडि बढ्नुपर्ने आवश्यकता भएको र संविधान संशोधनको महत्वपूर्ण मुद्दा पनि सदनमै रहेकाले पनि  अधिवेशन अन्त्य गर्न समस्या भएको उनले जनाइन्। 'यो अधिवेशन यसअघिका अभ्यासभन्दा धेरै लामो भइसकेको छ', उनले भनिन्, 'तर निर्वाचन र संविधान संशोधन जस्ता महत्वपूर्ण विधेयक बाँकी भएकाले हामीले पर्खेका हौं।' 

स्थानीय निर्वाचनका लागि आवश्यक ऐन जारी भइसकेको तथा प्रदेश र संघका लागि बजेटपछिको अधिवेशनले पनि काम गर्न सक्ने उनको भनाइ थियो।

आफूले सबै राजनीतिक दलबीच सहमति होस् भन्ने चाहेको उल्लेख गर्दै सभामुखले मधेसकेन्›ित राजनीतिक दलले उठाएका विषयलाई सम्बोधन गर्न सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरिन्। 'राजनीतिक दलबीच हुने वार्ता र छलफलले नै सहमतिको वातावरण बनाउने  मलाई विश्वास छ',  उनले भनिन्, 'राजनीतिक दलले सहमति गरेर अगाडि बढ्नुपर्छ तर त्यसको विकल्प खोज्नु हुँदैन।'

अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सम्मेलनमा १२२ देशको सहभागिता थियो। सभामुख घर्तीले सम्मेलन उपलब्धिमूलक भएको दाबी गरिन्।

प्रकाशित: २५ चैत्र २०७३ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App