२७ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारलाई संघ–संस्था बढी भएकै हुन्?

नेपालको संविधानको प्रस्तावनाले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आंकाक्षालाई पूरा गर्नका निमित्त संविधान जारी गरेको प्रस्ट रूपमा उल्लेख गरेको छ। संविधानको प्रस्तावनाले नै मुलुकको दिगो विकासका निमित्त लोकतान्त्रिक गणतन्त्र आधारभूत मान्यता हो भन्ने मान्यतालाई आत्मसात् गरेको छ । यसका निमित्त संविधानले “जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार.... पूर्ण प्रेस स्वतन्त्रता तथा ...कानुनी राज्यको अवधारणा” लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्घतालाई आधारभूत मापदण्ड अथवा आधारभूत चरित्रका रूपमा व्यवस्था गरेको छ।

सरकार सफलताका सर्त

लामो समयको अन्तरालपछि नेपाली जनताले स्थिर सरकार पाएका छन्। २०१५ सालको आम निर्वाचनमा बिपी कोइरालाले पाएजस्तै ६० वर्षपश्चात् प्रधानमन्त्री ओलीलाई यो दुई तिहाइ मतसहित सरकार सञ्चालनको अवसर प्राप्त भएको हो। यस्तो मौका इतिहासमा विरलै मात्र प्राप्त हुन्छ । ३० वर्षे पञ्चायती निरंकुश शासनको पतनपश्चात् संसदीय बहुदलीय शासन प्रणाली बहाल भएपछि २०५१ सालयता वर्षैपिच्छे सरकार परिवर्तन हुनुले जनतामा निराशा मात्र बढेन, दश वर्षे सशस्त्र जनयुद्धकालागि मलिलो भूमिसमेत तयार भयो।

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

सरकारले मुलुकका ७ वटा सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने भएको छ। आगामी साउन पहिलो साताभित्र ती शहरलाई मेगा सिटी घोषणा गर्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी दिए। मेगा सिटीमा नेपालगन्ज शहर पनि पर्ने सम्भावना रहेको उनले बताए।

हुदह विमानस्थल सरकारी फौजको नियन्त्रणमा

साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन रहेको यमनी फौजले बन्दरगाह सहर हुदहको मुख्य विमानस्थल हुथी विद्रोहीबाट आफ्नो नियन्त्रणमा लिन सफल भएको छ।

सभामुख र अध्यक्षको त्रुटि सरकारले सच्याइदियो

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संविधानविपरीत बोलाएको दुवै सदनको संयुक्त बैठकको निर्णयलाई सरकारले सच्याइदिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठकको आह्वानका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरी सभामुख र अध्यक्षले संविधानविपरीत गरेको त्रुटि सच्याइदिएको हो।

सरकार थोत्रो साइकल जस्तो : नयाँ शक्ति

नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकलजस्तो भएको बताएका छन्। शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले भने, ‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ।’

सुत्केरी बचाउँदै कर्णाली सरकार

पछिल्लो समय कर्णाली सरकारले दुर्गम क्षेत्रमा सुत्केरी व्यथाले छटपटिएका महिलाको ज्यान बचाउन सफल हुँदै आएको छ।

गाउँमै सरकारी सेवा पाएपछि स्थानीयलाई राहत

अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारीकी मुना घर्तीलाई  नागरिकता बनाउने पिरलोले सताउँथ्यो। एक–दुई दिन भित्र जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने उनको योजना थियो।

प्रदेश ३ सरकारको बजेट असार १ गते

प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५(०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम छ।

खाली भएनन् सरकारी अस्पतालका १६ वटा ‘सटर’

एघार वर्षदेखि अवैध कब्जामा रहेको नारायणी उपक्षेत्रीय अस्पताल परिसरका १६ वटा ‘सटर’वाला कोठा खाली गराउने काम अन्तिम चरणमा आएर रोकिएको छ । डेढ महिनाअघि पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले राजनीतिक दबाब र स्थानीयको बलमिच्याईंलाई पन्छाउदै सटर कब्जामुक्त गर्न आदेश दिँदै सिल गर्न लगाएका थिए ।

सरकारद्धारा एनजिओ,आईएनजिओ माथि कडाई,अव संस्थाका पदाधिकारी र कर्मचारीको सम्पति बिवरण अनिवार्य

सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको खुल्ला क्षेत्राधिकार कटौती गर्दै सञ्चालन, दर्ता र नबिकरणमा कडाई गरेको छ।

वर्तमान सरकार ५ वर्ष टिक्छः दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन्।

सरकार संविधानविरुद्ध : कांग्रेस

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नयाँ संविधानविपरीत अघि बढ्न थालेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। मंगलबार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशन उद्घाटन गर्दै शीर्ष नेताहरूले प्रधानमन्त्री र सत्तारुढ दलहरू नै संविधानको गलत व्याख्या गर्न लागिपरेको आरोप लगाएका हुन्।

संविधानमाथिको सरकार

माओवादी केन्द्रको विलयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अवतार लिन पुग्नुभएका पुष्पकमल दाहाल (प्रचण्ड) अनेक लक्ष्य तय गर्दै प्रहार गर्न निकै सिपालु हुनुहुन्छ। विगतमा उहाँले गरेका अनेक प्रहारको पीडाबाट यो देश र देशवासीहरू अझै तंग्रिन बाँकी छ। ०४७ को संविधानलाई प्रहार गर्दै त्यस संविधानको भण्डाफोर गर्न ०४८ मा संसदीय निर्वाचनमा उहाँको पार्टीले भाग लियो । भण्डाफोरको प्रहार काम नलागेपछि उहाँले ०५१ मा बहिष्कारको नयाँ तीर छाड्नुभयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्