२६ आश्विन २०८१ शनिबार
image/svg+xml

ओली सरकारले देशलाई कमजोर बनाउँदै छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले दण्डहिनतालाई पश्रय दिएर राज्यलाई नै कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।

खिल्ली नउडाउनुस, २ वर्षभित्रै रेल चढ्दा छक्क पर्नुहोलाः ऊर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउने हरु छक्क पर्ने अवस्था आउने बताएका छन्।

लोकसेवामा प्रदेश २ बाट मात्रै २५ प्रतिशत आवेदन

सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनमा सबैभन्दा बढी प्रदेश नम्बर २ बाट आवेदन पर्ने गरेको पाइएको छ।

सरकार असफल बनाउन षड्यन्त्रः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

‘विकास कुनै जादुको छडी होइन, सरकारको आलोचना नगरौं’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास कुनै जादुको छडी नरहेको बताएका छन्। देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनै पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे ।

स्थानीय सरकारले थाले युवा स्वरोजगार कार्यक्रम

युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन्।

जनता बोल्न छाडे के हुन्छ?

कुनै कुनै बेला मौनता सुन्दर हुन्छ । मौनता पवित्र हुनसक्छ, सिर्जनात्मक हुनसक्छ, अत्यावश्यक पनि हुनसक्छ । तर सधैँ त्यस्तो हुँदैन।

‘हामी कहिलेसम्म इण्डियन एयर स्पेशमा निर्भर रहने? निजगढ विमानस्थल रोकिनु हुन्न्’

‘हामी अब इण्डियन एयर स्पेशमा मात्रै कहिलेसम्म निर्भर रहने? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले याे बन्याे भने हवाई अवतरणमा सुरक्षित रहनेछ। साथै फाष्ट ट्रयाक र निजगढ विमानस्थलले देशको मुहार फेर्ने छ।’

प्रदेशलाई टेर्दैनन् स्थानीय सरकार

विभिन्न सामान निकासीमा कर लगाउँदै आएको तुलसीपुर उपमहानगरपालिकाले अहिले उच्च अदालतमा मुद्दा खेपिरहेको छ।

८ महिनामै सम्झनलायक काम गर्‍यौं, ५ वर्षभित्र नसोचेको विकास देखाउँछौं : महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको ८ महिने कार्यकालमा सम्झनलायक काम भएको दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले गठन भएको ८ महिनामा इतिहासमै सम्झना हुने कामहरु भएको जिकिर गरे।

‘सरकारले जनचाहना अनुसार काम गरेन’

पूर्वसांसद टंक राईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वसांसद राईले दुई तिहाई मत भएको सरकारप्रति जनताको अपेक्षा बढी भए पनि जनचाहना अनुसार काम हुन नसकेको बताए।

ओली सरकार सुस्त भयो, अब गियर परिवर्तन गर्नुपर्छ : रायमाझी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सरकारको काममा सुस्तता आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अब ‘गियर’ बदल्नुपर्नेमा जोड दिँदै नेकपाका स्थायी समिति सदस्य रायमाझीले भने, ‘अहिले सरकारको काम अलि सुस्त देखिएको छ। गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ।’

परिस्थिति देशको, मोह विदेशको, आक्रोश नागरिकको

अब त अति भो ! कति सहने सरकारको लापरबाही, निरीहपन र जनप्रतिको बेवास्ता ? वाचा ठूला–ठूला, सपना बाँड्ने अनेकौँ । जथाभावी आकाशै छुने गरी तर धरातलमा भने गर्ने कत्ति छैन । सिन्का पनि नभाँच्ने । दुई तिहाइको सरकार पायौँ भनेर जनता स्थिरता र प्रगतिपट्टि ढुक्क भएका थिए।

घटस्थापनाको छुट्टी !

हाम्रा धेरै पर्वमा सरकारले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक मान्यता हेरी सार्वजनिक छुट्टी दिने गरेको छ । यस वर्ष विगतमा भन्दा धेरै पर्व छुट्टीहरू काटिनुले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक आधारमा दिइने राष्ट्रव्यापी छुट्टीको अन्त्य गरेको बुझ्नुपर्छ।

स्थानीय सरकार चुरे दाेहनमा सक्रिय

चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्