१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेकोे प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए।

सिटिजन्स बैंक र भिभान्त डेन्टल हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले काठमाडौं उपत्यका भित्रका मेट्रो मार्ट स्टोरहरूबाट सामान किन्दा छुट उपलब्ध हुने भएको छ

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सोमबार सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नागरिक न्यूजलाइ जानकारी दिए।

साइबर र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमा

सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैंकिङ कसुरसम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर सामुदायिक अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

एभरेष्ट बैंकद्वारा पहिलो पटक अफलाइन भुक्तानी

एभरेष्ट बैंकले फोन पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ।

एनआइसी एसिया बैंकद्वारा कर्जा योजना सार्वजनिक

एनआइसी एसिया बैंकलेआफ्ना ग्राहकका लागि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।

सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र बुटवलको चौराह हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिंदै

आइतबार आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ। सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो।

राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिका बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र जाजरकोट जिल्लाको नलगाड नगरपालिका बीच बिहीबार सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंकले ल्यायाे स्मार्ट अडियो डिभाइस

ग्लोबल आइएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सार्वजनिक गरेको छ।

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

सिटिजन्स बैंक र पुतलीसडकको हटपिज रेस्ट्रो तथा हेटौडाको रेगल हेटौडा रिसोर्ट बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत

सिटिजन्स बैंक कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्