१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले काठमाडौं उपत्यका भित्रका मेट्रो मार्ट स्टोरहरूबाट सामान किन्दा छुट उपलब्ध हुने भएको छ। बैंकका ग्राहकले उक्त योजना अन्तर्गत बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन्। उक्त योजनामा एक पटकको खरिदको २ सय रूपैयाँसम्म र योजना अवधिभर ५ सय रूपैयाँसम्म छुट पाइनेछ। योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरूमा लागु हुने बैंकले जनाएको छ।  

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजना ल्याएर ग्राहकलाई प्रत्यक्षरूपमा लाभ पुर्याउँदै आएको जनाएको छ ।

प्रकाशित: ३० श्रावण २०८० ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App