१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकले ल्यायाे स्मार्ट अडियो डिभाइस

ग्लोबल आइएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सार्वजनिक गरेको छ।

बैंकले क्युआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलइडी डिस्प्लेसहितको सेवा ल्याएको हो।

उक्त योजनासँगै बैंकका ग्राहकले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टि एलइडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ। यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास बैंकले लिएको छ।

बैंकका अनुसार यसबाट व्यापारी र ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुनेछ। बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८० ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App