आशा, निराशा र अर्थहीनता
सामाजिक मनोविज्ञान उदेकलाग्दो किसिमले विभाजित हुने गर्छ । यसरी विभाजित हुँदा सकारात्मक विचार र टिप्पणी भन्दा नकारात्मक संवेग बलियो भएर अगाडि बढ्छ जसले गर्दा धेरै मानिसका जीवनरूपी आशा निराशामा परिणत हुन्छ । क्रमशः निराशाले कुनै पनि कुराको सान्दर्भिकता समाप्त हुने खतरा बढ्दै जाँदा अर्थहीनताको भूमरीमा देश र जनता, समाज र प्रणाली रुमलिएको हुन्छ ।