२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दाहालले भनेः लोकतान्त्रिक प्रणालीमा विकास छिटो हुँदैन

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणालीमा विकास हुन समय लाग्ने बताएका छन्। बुधवारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै अध्यक्ष दाहालले लोकतान्त्रिक प्रणालीमा विकास छिटो छिटो नहुने बताए। ‘सरकारले विकासको कामलाई जुन तीव्रताका साथ गर्नुपर्ने हो त्यो गरेको छैन्’, उनले भने, ‘कम्युनिस्ट प्रणाली भएको भए छिटो छिटो निर्णय गर्न सकिन्थ्यो। लोकतान्त्रिक प्रणालीमा विकास छिटो हुँदैन। निर्णयमै अल्मिलिन्छौं। १ महिना लाग्ने काम १५ महिना लाग्छ।’

नेतृत्व जिम्मेवार देखिएन : नेता भुसाल

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले दुई तिहाई मतलाई अवसरको रुपमा लिन नेतृत्वलाई सुझाव दिएका छन्। उनले तत्तकालिन एमाले र माओवादीको एकतालाई क्रान्तिकारी शक्ति निर्माणको युगका रुपमा व्याख्या गरे। तर नेतृत्व ढुलमूलमा रहेको तर्क गरे।

नेकपा स्थायी समिति बैठक आज

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। दिउँसो १ बजे सुरु हुने भनिएको स्थायी समिति बैठकमा प्रदेश समितिका सदस्यको नाम अनुमोदनदेखि सरकारको कार्यशैली समीक्षासम्मको अजेन्डा रहेको कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

‘मिडिया दलालको कब्जामा’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मिडिया बजारलाई पुँजीपति र दलालहरूले कब्जा गरिरहेको आरोप लगाएका छन्। राजधानीमा मंगलबार नेकपानिकट जनता एफएमको उद्घाटन कार्यक्रममा दाहालले बिग हाउसका नाममा मिडिया क्षेत्रमा पुँजीपति र दलालहरूको एकाधिकार कायम भएको आरोप लगाउँदै त्यसलाई तोड्नुपर्ने बताएका हुन्।

सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्व सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव लेखन समितिले तयार गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्व सरकारको दस महिनामा मुलुकमा सकारात्मक कुनै संकेत नदेखिएको ठहर गरेको हो।

नेकपामा चुलिँदै असन्तुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।

कांग्रेस भन्छ : अर्थतन्त्र गम्भीर जोखिमतिर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वमा सरकार गठनसँगै पुँजी पलायन तीव्र भएको दाबी गरेको छ। सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको समितिले तयार पारेको आर्थिक नीतिमा केपी ओली नेतृत्वमा सरकार गठनको नौ महिनामा व्यापार घाटा तीव्र भएको उल्लेख छ।

बैद्य माओवादीको केन्द्रीय बैठक बुटवलमा सुरु

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठक बुधबारबाट बुटवलमा सुरु भएको छ। बुटवल १२ ढवाह स्थित छन्त्याल भवनमा सुरु भएको बैठक एक सातासम्म चल्ने छ।

२१ भाइलाई गौतमको साथ

नेपाल कम्युनिस्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन्।

नेकपाको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

नेकपामा प्रदेश सदस्यमा कसलाई कति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सदस्यहरुकोे टुंगो आन्तरिक विवादले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल नेतृत्व कार्यदलले प्रदेश सदस्यहरूको जिम्मेवारी टुंगो लगाएको हो।

ओली सरकारका नौ महिना व्यर्थैमा बित्यो

मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकारलाई प्रमुख दातृ निकायले विश्वास गरेका थिएनन्। त्यो सरकारले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याएर प्रत्येक गाविसलाई तीन लाख रुपैयाँ दिने घोषणा ग-यो।

एमालेले सहकार्य नमान्दा जनयुद्ध गर्नुपर्यो: अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनमा सहकार्य गर्न तत्कालिन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्।

सुस्तायो नेकपा

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का माथिल्लो तहका छलफल तथा बैठकहरूमा सुस्तता आएको छ।

पार्टी नेतृत्व सच्चिनु पर्छ : खनाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको कमजोरी नसच्चिएसम्म एकताले मूर्तरूप लिन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्