१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बैद्य माओवादीको केन्द्रीय बैठक बुटवलमा सुरु

रुपन्देही - नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठक बुधबारबाट बुटवलमा सुरु भएको छ। बुटवल १२ ढवाह स्थित छन्त्याल भवनमा सुरु भएको बैठक एक सातासम्म चल्ने छ।

महासचिव मोहन बैद्य, स्थायी समिति, पोलिटव्यूरो, केन्द्रीय कमिटिका सदस्यहरु बैठकमा सहभागी छन्। बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका विषयलाई लिएर संघर्षका योजना तर्जुमा गर्ने बताइएको छ। बैठकको पहिलो दिन महासचिव बैद्यले एजेन्डा प्रस्तुत गर्दै संगठन मजबुद पार्दै राष्ट्रियता, जनजीविकालाई लिएर आन्दोलन गर्ने बताए।

नयाँ जनवादी क्रान्तिको कार्यभार बाँकी रहेको निष्कर्ष निकालेको क्रान्तिकारीले अब शसक्त आन्दोलन गर्ने गरि छलफल केन्द्रीत गरेको नेताहरुले बताएका छन। पार्टीको संगठन कमजोर भएकाले जनवर्गीय संगठन विस्तार गर्ने, वर्तमान सरकारका कारण निम्तिएको महंगी, कर लगायतका बिषयमा छलफल केन्द्रीत हुने केन्द्रीय सदस्य  केवी फुदोङले बताए। उनले पहिलो दिन ऐजेन्डा मात्रै प्रस्तुत गरिएकाले विहिबारदेखि छलफल हुने बताए। 

पार्टीले वर्गसंघर्ष र प्रतिरोध संघर्षका योजना निर्माण गर्ने गरि छलफल हुने जनाएको छ।  यसअघि पार्टी पोलिटव्यूरो बैठक बुटवलमा र सल्लाहकार समितिको बैठक नवपरासीको बर्दघाटमा सम्पन्न भएको थियो। बैठकमा ६० जनाको सहभागिता रहेको छ। 

 

प्रकाशित: १२ मंसिर २०७५ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App