१२ मंसिर २०८१ बुधबार
image/svg+xml

तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका– १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सुनीरा र अभिलाषाबीच उपाधि भिडन्त

सुनीरा थापा र अभिलाषा विष्ट दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन्।

लगानी सम्मेलनः १५१ परियोजना प्रस्तुत गरिने, सबैभन्दा धेरै ऊर्जा क्षेत्र र नीजि क्षेत्रका

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ।

रासायनिक मल हाल्न ड्रोन

युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।

एपिएफको फाइनल सम्भावना बलियो

सशस्त्र प्रहरी बलको एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ।

निर्वाचन आचार संहिताविपरीत कार्य गर्नेलाई तत्काल कारबाही

निर्वाचन आयोगले वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ र बझाङ जिल्ला निर्वाचन क्षेत्र नं. १ (क)मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहिताविपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’

सरकारले आगामी पाँच वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार एक सय खर्ब रुपैयाँभन्दा बढीको बनाउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ।

विदुर र धीरबहादुरको जोडीलाई स्वर्ण

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेको छ।

न्यु डायमन्ड र एपिएफको विजयी सुरुआत

न्यु डायमन्ड र एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

रसियाका उद्योगीलाई नेपालमा लगानी बढाउन आग्रह

नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यावसायिक संस्थाहरूबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ।

सिटिजन्स बैंकको सहयोग प्रशान्ति वृद्धाश्रमलाई

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ ।

गर्मी बढेसँगै रात्रिकालीन व्यापार गर्न पाउनुपर्ने माग

गर्मी बढेसँगै रौतहटका व्यवसायीले राति अबेरसम्म पनि व्यापार गर्न पाउनुपर्ने माग गरेका छन्।

उपनिर्वाचनः आजबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् वैशाख १२ गते मध्यराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि लागू रहने छ।

राष्ट्रिय विकास परिषद्को बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिइने

राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामाथि छलफलका लागि बैठक बोलाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्