१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम पदार्थ ढुवानी सुरु

विभिन्न माग अघि सारेर आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन्।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएका हुन ।

आइतबार पोखरा घुम्न आउँदैछन् आधा दर्जन बढी मुलुकका राजदूत

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका छन। कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन्।

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्केका छन्।

ब्रदर्श बेकरीका राई र थापा, जो युवाका लागि उदाहरण बनेका छन्

‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्।

भारतमा आज तेस्रो चरणको निर्वाचन, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा

भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ: भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन्।

भक्तपुरको प्लाई कार्पेट उद्योगमा आगलागी: झण्डै २ करोडकाे क्षति, २ जना घाइते

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा झण्डै २ करोडकाे क्षति भएकाे छ। भने २ जना घाइते भएका छन्।

जडीबुटीबाट आफ्नो उपचार आफैं गर्छ ओराङ्गुटान

इन्डोनेसियाको सुमात्रामा रहेको जंगलमा एक पुरुष ओराङगुटनले मानिसले समेत औषधिका रूपमा प्रयोग गर्दै आएको लहरे बिरुवाको पात चपाएर घाउमा लगाएको एक अनुसन्धानले देखाएको छ।

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्