८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएका हुन ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरिसकेका थिए । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ निवासी खनालले गएको वर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरेका थिए । उनीसंग यसअघि चक्रपानी खनाल सङ्घको कृषिमन्त्री हुँदा स्वकीय सचिव भएर काम गरेको अनुभव छभने सहकारी, शिक्षा, गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ।

सल्लाहकारमा आचार्य, अर्थविज्ञमा बैद्धिक  

यस्तै प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई मुख्यमन्त्री महराको सचिवालयमा रहने गरी नियुक्त गरिएको हो । उनले राज्यमन्त्री सरहको सेवासुविधा पाउनुहुनेछ।आचार्यले आज पदभार ग्रहण गरेका छन ।  

अर्थ तथा विकासविज्ञमा तुलसीपुरका सुशान्त बैद्धिक नियुक्त भएका छन । उनले यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थविज्ञका रुपमा कार्य गरेका थिए। वैदिकले लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन ।उनीसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीका रूपमा काम गरेको अनुभव छ। 

प्रकाशित: २० जेष्ठ २०८१ १७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App