१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

सागका लागि विभिन्न उपसमिति गठन

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित १३ औं दक्षिण एसियाली खेलकुद तयारी तथा व्यवस्थापन समितिको बैठकले आइतबार विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ।

क्रिकेट विवाद सल्टिने सङ्केतः मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

बुटवलले ल्यायो दुई विदेशी खेलाडी

यही शुक्रबारदेखि पोखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ।

बीपी प्रतिष्ठानमा आपूर्ति टेण्डरमा चलखेल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथितीबारे छानबिन चलिरहेको बेला छपाइ सामान आपूर्तिको टेण्डरमा व्यापक अनियमितता भएको खुलेको छ।

सिटिइभिटीमा ‘पैसाको खेल’

काठमाडौंको बानेश्वरमा डेरा गरी बस्ने प्रमोद नेपाल पेसाले ट्याक्सीचालक हुन्। छोरीले एसइई गरेपछि उच्चशिक्षामा कुन विषय र कहाँ पढाउने भनेर उनले आफन्त, साथीभाइ, इष्टमित्रसँग सोधखोज गरे।

पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगर र पोखरा भिड्ने

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ।

डकवर्थ लुइसमा इङ्ल्यान्डको जित

तीन एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो एकदिवसीय खेलमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ३१ रनले पराजित गरेको छ।

पूर्वाधार निर्माणमा कमसल सामग्री

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन पूर्वाधारको काममा कमसल सामग्री प्रयोग भएको छ।

बालन डि’अरका लागि ३० नाम सार्वजनिक, रियालकाे वर्चस्व

बालन डि’अर अवार्डका ३० खेलाडीको नाम सार्वजनिक हुँदा रूस विश्वकमा उत्कृष्ट खेलाडी घोषित भएका लुका मोडरिच दोस्रो अवार्डका लागि पनि छनोट भएका छन्।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडक बन्न नदिन चलखेल सुरु

पूर्व–पश्चिम राजमार्गको मानवतदेखि भारतको सीमाना मटिअर्वासम्म निर्माण भइरहेको मानमत–कलैया–मटिअर्वा हुलाकी सडकलाई अनावश्यक मागहरू राखेर बन्न नदिनको लागि चलखेल शुरु गरिएको छ।

सार्वजनिक पोखरीलाई नीजि बनाउन तीन पुस्तादेखि चलखेल

महोत्तरीको जलेश्वर नगरपालिका १० सारी स्थित सार्वजनिक पोखरीलाई नीजि बनाउनको लागि तीन पुस्तादेखि चलखेल भइरहेको छ। स्थानीय महेन्द्र मण्डल मण्डल भन्छन्, 'व्यक्तिगत लोभले सीमा नाघेपछि यस्तै हुँदो रहेछ।'

थाइल्यान्डको चर्चित ब्रान्ड होटल धुलिखेलमा

पर्यटकीय गन्तव्य धुलिखेलमा पर्यावरणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । यो रिसोर्ट थाई होटल ब्रान्ड दुसित थानीको व्यवस्थापनमा सञ्चालन हुनेछ।

राजमार्ग क्षेत्रका अतिक्रमण हटाउन सुरु

सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको साँगा भन्ज्याङदेखि धुलिखेल बसपार्कसम्म मापदण्डविपरीत बनाइएका संरचनाहरू भत्काउन थालेको छ।

यु–१८ च्याम्पियनसीपमा नेपाल छैटौ

अन्तिम खेललाई भारतलाई पेनाल्टी सडन डेथमा ४–३ को नतिजा सुम्पिएसँगै नेपालले छैटौ स्थानमा बस्दै भारतको आगरामा शुक्रबार सम्पन्न ४६ औं एसियन यु–१८ अन्तर विद्यालयस्तरीय च्याम्पियनसीप फुटबल प्रतियोगिताको  अन्त्य गरेको छ।

प्रदेशस्तरीय पारा खेलकुद प्रतियोगिता हुने

'परिवर्तन सम्भव छ' भन्ने मुल नाराका साथ पहिलो पटक मुगु सदरमुकाम गमगढीमा अपाङ्गता भएका व्यक्तिहरुका लागी मंसिरमा प्रदेश स्तरीय पारा खेलकुद प्रतियोगिता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्