१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेशस्तरीय पारा खेलकुद प्रतियोगिता हुने

मुगु - 'परिवर्तन सम्भव छ' भन्ने मुल नाराका साथ पहिलो पटक मुगु सदरमुकाम गमगढीमा अपाङ्गता भएका व्यक्तिहरुका लागी मंसिरमा प्रदेश स्तरीय पारा खेलकुद प्रतियोगिता हुने भएको छ। बिआईए फाउण्डेशन काठमाडौंको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, अपाङ्ग पुर्नस्थापना तथा ग्रामिण अनुसन्धान संस्थाकाे सहआयोजना र छाँयानाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाको प्रायोजन रहेको प्रदेश स्तरीय पारा खेलकुद प्रतियोगिता मंसिर १५ देखि १७ सम्म मुगु सदरमुकाम गमगढीमा संचालन हुने भएको हो।

शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा भएको छलफलमा पहिलो पटक सदरमुकाम गमगढीमा अपाङ्गता बारे जनचेतना जोगाउनका साथै खेलकुदमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराउन राज्य देखि समुदायको चेतना स्तर उठाउन  प्रदेश स्तरीय पारा खेलकुदको आयोजना गरिएको बिआईए फाउण्डेसनका खेल प्रशिक्षक किशोर शाहीले बताए। तीन दिन सम्म संचालन हुने प्रतियोगितामा व्हील चेयर बास्केटब,व्हील चेयर नृत्य,व्हीलचेयर तेक्वाण्डाे र व्हील चेयर ट्रान्स म्युजिक प्रतियोगिता हुनेछ।

 

प्रकाशित: १२ आश्विन २०७५ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App