१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

मार्की खेलाडी र मालिक सार्वजनिक

एनसिएल स्पोर्ट्सको आयोजनामा वैशाखमा हुने पहिलो एनसिएल विमेन्स ट्वान्टी–२० क्रिकेट लिगमा सहभागी ४ टोलीका मार्की खेलाडी र टिम मालिक घोषणा भएका छन्। एनसिएलले सोमबार राजधानीमा एक कार्यक्रमबीच मार्की खेलाडी र टिम मालिक सार्वजनिक गरेको हो।

आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट

आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन्। आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन्।

आठौं राष्ट्रिय खेलकुद अझै अन्योलमा

पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्।

धुलिखेलका होटल रिसोर्टलाई खाद्य स्वच्छता लोगो र स्टिकर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धुलिखेलका होटल तथा रिसोर्टलाई ‘स्वच्छता स्तरीकरण लोगो र स्टिकर’ प्रदान गरेको छ। विभागले खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको हो।

अविरल र सुप्रिया छनोट

नेपालगन्जका पौडीबाज अविरल भण्डारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश–५ बाट छनोट हुन सफल भएका छन्।

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।

विश्व कीर्तिमानमा ह्याट्रिक लक्ष्य

गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराइसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनार तेस्रो पटक विश्व कीर्तिमान राख्ने तयारीमा छन्।

स्मिथ र वार्नर तत्कालै टिममा नफर्किने

पाकिस्तानविरुद्ध यही मार्चमै हुने पाँच एकदिवसीय खेलका लागि पूर्वकप्तान स्टिभ स्मिथ र पूर्वउपकप्तान डेभिड वार्नरको नाम हटाइएको छ।

फिफाले अनुमती नदिँदा मलेसियासँगकाे मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ। कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो।

ओखलढुंगाकाे पिकेदेम्बामा म्याराथन हुने

ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्वामा म्याराथन हुने भएको छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहिते ओखलढुङगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो ।

ताइकाण्डो खेल्न हातले रोक्दैन (भिडियाे)

सवल ब्यक्तिहरूमात्र ताइकाण्डो खेलमा सहभागी हुन्छन् भन्ने आम बुझाइ छ। तर अपाङ्ग भएर पनि ताइकाण्डो खेलमा सवल जतिकै सफल बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् रामबहादुर अधिकारी, गोविन्द थापा र रञ्जना धामीले।

खेलक्षेत्रमा सहयोगको अपेक्षा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले नेपाली खेलक्षेत्रले अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरेमा नेपाली खेलाडीले कयौं अवसर प्राप्त गर्नुका साथै खेलाडीको स्तरोन्नतिसमेत हुने विश्वास व्यक्त गरेका छन् ।

सिप्यान अवार्ड : सन्दीप उत्कृष्ट पुरुष खेलाडी

युवा लेग स्पिनर सन्दीप लामिछाने वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित हुँदा नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसीले वर्षको उत्कृष्ट क्षणको अवार्ड हात पारेका छन्।

स्पेशल ओलम्पिक टोलीको बिदाइ

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान एक कार्यक्रमका बिदाइ गरिएको छ ।

फिटनेस मात्र होइन खेलकुद पनि

बितेका सात दशकमा नेपाली राजनीतिमा थुप्रै परिवर्तन भए। राणाकालीन शासन व्यवस्थादेखि पञ्चायत हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेको छ। राजनीतिक परिवर्तनसँगै नेपाली समाजले पनि आफूलाई परिमार्जन गर्दै लगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्