७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

खेलक्षेत्रमा सहयोगको अपेक्षा

काठमाडौं - युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले नेपाली खेलक्षेत्रले अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरेमा नेपाली खेलाडीले कयौं अवसर प्राप्त गर्नुका साथै खेलाडीको स्तरोन्नतिसमेत हुने विश्वास व्यक्त गरेका छन् ।

रसियाको क्रस्नायार्क सहरमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा मन्त्री सुनारले सो धारणा व्यक्त गरेका हुन् । खेलकुद र शिक्षाका लागि आवश्यक भूमिका विषयमा विश्वका खेलकुद मन्त्रीहरूबीचको भेलाका अवसरमा मन्त्री सुनारले नेपालमा युवा सशक्तिकरणका लागि खेलकुदको वर्तमान अवस्थाका बारेमा समेत धारणा व्यक्त गरेको उनका निजी सचिव सुशील विकले जानकारी दिएका हुन् ।

नेपाली खेलकुद क्षेत्रमा युवाहरूको सहभागिता सन्तोषजनक रहेको बताउँदै मन्त्री सुनारले अन्तर्राष्ट्रिय सहयोग प्राप्त भएमा थप सुदृढ हुने धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा मन्त्रीले नेपालले खेलकुद क्षेत्रमा गरेको प्रयास, आगामी नीति, योजना र कार्यक्रमका बारेमा प्रकाश पार्दै अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए । 

अन्तर्राष्ट्रिय समक्षदारी भएको खण्डमा नेपालका युवा र खेलकुदको विकासमा सहयोग पुग्नुका साथै स्तरवृद्धि हुने मन्त्री सुनारले विश्वास व्यक्त गरेका हुन् । सोही सम्मेलनको अवसरमा मन्त्री सुनारले रूसका खेलकुदमन्त्री पाभेल कोलोबकोभसँग पनि भेटवार्ता गरेका छन् । 

रूसी समकक्षीसँगको भेटका क्रममा मन्त्री सुनारले दुई देशबीचको कूटनीतिक, आर्थिक र जनस्तरमा रहेको सम्बन्धका बारेमा प्रशंसा गर्दै खेलकुद क्षेत्रमा पनि सोही किसिमको आवश्वयकता औंल्याए । यसअघि भूकम्प गएको समयमा रूसले नेपाललाई पु¥याएको सहयोग सराहनीय रहेको भन्दै मन्त्री सुनारले धन्यवाद व्यक्त गरे । 

त्यसलगत्तै मन्त्री सुनारले रसियाको राजधानी मस्कोमा रहेको नेपाली राजदूतावासमा गैरआवसीय नेपाली संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी आठौं राष्ट्रिय खेलकुदलगायत अन्य प्रतियोगितामा पनि एनआरएनका खेलाडीको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिए । यससँगै देशबाहिर रहेका नेपालीले राष्ट्रका लागि पदक जित्दै देशप्रति खेलक्षेत्रको माध्यमबाट योगदान पु¥याउन सक्ने बताए ।     

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App