१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

खरिद नियमावलीमा खेल

खरिद नियमावलीमा धेरै विषय राम्रा भए पनि केही अव्यावहारिक पक्षका कारण व्यवसायीको विरोधले सरकार पछि हट्न बाध्य भयो। त्यसैले आलोचनाबाट बच्ने र ल्याइएका नीतिनियम लागू गर्ने हो भने सरकारले पहिले गहन अध्ययन र अनुसन्धान गरेर मात्र नीतिनियम परिमार्जन गर्नु व्यावहारिक हुनेछ।

२३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल

वीरगन्ज महानगरपालिकामा रहेको एक बिघा ९ कट्ठा १० धुर ऐलानी जग्गा व्यक्तिका नाममा दर्ता कायम गर्ने प्रयास स्थानीयको पहलमा तत्काललाई रोकिएको छ।

सविना र गोविन्द सम्मानित

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रूपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ।ललितपुरको मानभवनस्थित ललित पार्टी भेन्युमा महासंघले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित गरिएको थियो। खेलाडीसँगै समान १ प्रशिक्षक, जिल्ला संघ र इन्स्ट्रक्टरलाई सम्मान गरिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष अञ्जन धमलाले बताए।

इटालीको खेलकुद ऐनमा आपत्ति

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले इटालीमा हालै प्रस्तावित नयाँ खेलकुद ऐनमा आपत्ति जनाउँदै टोकियो ओलम्पिक २०२० मा इटाली ओलम्पिक कमिटी (सिओएनआई)लाई प्रतियोगितामा सहभागी नगराउने चेतावनी दिएको छ।

अझै अन्योल, तयारी सुस्त

नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुदको १३औं संस्करण मंसिरको तेस्रो सातादेखि नेपालमै हुँदै छ। तेस्रो पटक घरेलु मैदानमा साग हुँदा आठौं संस्करणमा नेपालले सुखद नतिजा ल्याएको इतिहास अभैm ताजै छ। करिब दुई दशकपछि सोही सागको १३औं संस्करण फर्किन लागे पनि नेपालको तयारी खासै प्रभावकारी बन्न सकिरहेको छैन। भौतिक संरचना निर्माणमा ढिलाइ, समयमै कार्यविधि पास नहुनु र सागका लागि गठन भएका समिति सुस्त बस्नुले नेपाली खेलाडीको तयारीमा असर पर्न सक्नेछ। जसका कारण नेपाली खेलाडीमा खेल हुनेमा मनोवैज्ञानिक असर परिरहेको छ।

प्रदेशका कर्मचारीलाई संघमै रोक्ने चलखेल

प्रदेशमा समायोजन भइसकेका कर्मचारीलाई विभागले पुनः संघमै फर्काउन प्रयास गरेपछि प्रदेश सरकारका प्रतिनिधि रुष्ट भएका छन्।

एन्फा र गोनपाबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।

पोखरामा ह्यान्डबल, एउटै कोर्टमा पालैपालो प्रशिक्षण

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरामा महिला तथा पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिएको छ। पोखरा रंगशालामा रहेको एउटै ह्यान्डबल कोर्टमा पुरुष र महिला खेलाडीले पालैपालो प्रशिक्षण सुरु गरेका छन्। कोर्ट अभावले पुरुष टिमको प्रशिक्षण सकिएपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने गरेका छन्।

सागका लागि संसद्को उपसमिति

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी सम्बन्धमा १३औं साग अनुगमन उपसमिति गठन गरेको छ।

अन्तर्राष्ट्रिय चलखेल बढ्याेः मानवअधिकारकर्मी

मानवअधिकारकर्मीहरूले संक्रमणकालीन न्याय निरुपणमा भएको ढिलाइका कारण मुलुकभित्र फेरि अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढेको बताएका छन्।

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडी सरुवा बजारमा आफ्नो कुनै प्रभाव नभएको प्रतिक्रिया दिएका छन्। सिजनपूर्वको अभ्यासका लागि म्युनिख भ्रमणमा रहेको टोटेनहमले मंगलबार मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियाल मड्रिडलाई १–० ले हराएको थियो। टोटेनहमले जनवरी २०१८ पछि यसै महिनाको सुरुआतमा क्लबको कीर्तिमानी सरुवा रकममा लियोनका मिडफिल्डर ताङगाई एन्डोम्बेलेलाई अनुबन्धन गरेको थियो। ‘मलाई मेरो खेलाडीको अहिलेको अवस्थाको बारेमा केही थाहा छैन,’पोचेटिनोले भने।

श्रीलंकाद्वारा क्लिन स्विप

श्रीलंकाले बुधबार बंगलादेशमाथि १ सय २२ रनको फराकिलो जितका साथ बंगलादेशविरुद्धको तीन एकदिवसीय खेलको शृंखला ३–० ले क्लिन स्विप गरेको छ। यसअघि पहिलो र दोस्रो एकदिवसीय खेल जित्दै शृंखला आफ्नो पक्षमा पारिसकेको श्रीलंकाले तीव्र गतिका बलर नुवान कुलशेखराको बिदाइमा समर्पित खेलमा रबाफिलो जित हात पारेको हो। श्रीलंका क्रिकेट बोर्डले केही दिनअघि कुलशेखराले राष्ट्रिय टोलीका लागि गरेको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिने र आर प्रेमदासा मैदानमा भएको खेल उनको सम्मानमा समर्पित गर्ने जनाएको थियो।

आठौं खेलकुदमा अनियमितताको आरोप, सार्वजनिक भएन खर्च विवरण

नेपालले घरेलु मैदानमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने तयारी गरिरहेको छ। साग आयोजना गर्न राखेपले विभिन्न १७ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाँको बजेट माग गरेको छ। सरकारी ढुकटीबाट अर्बांै रकम खर्च गर्ने राखेपले आयोजना गर्ने प्रतियोगितामा भने पारदर्शिता देखिन्न। प्रतियोगितामा खर्च गरेको बजेट सार्वजनिक गर्न राखेप कन्जुस्याइँ गर्छ।

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङलाई रङ्गभेदी भाषा प्रयोग गरेको भन्दै चेल्सीले आफ्ना समर्थकलाई आफ्नो रंगशालामा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ। गत डिसेम्बर ८ मा भएको खेलमा चेल्सीका केही समर्थकले सिटीका विंगर स्टर्लिङलाई रंगशालामा रंगभेदी भाषाको प्रयोग गरेका थिए। क्लबले रंगभेदी भाषा प्रयोग गरेका समर्थकलाई पहिचान गर्दै आजीवन प्रतिबन्ध सुनाएको हो।

बास्केटबल टोली धरानतर्फ

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ। पुरुष टोलीमा सुजन लिम्बु, विजय बुर्जा, मनीष केसी, राजीव जोशी, सदीश प्रधान, विनोद श्रेष्ठ, विक्रम जोशी, मविन्द्र भण्डारी, मनीषराज राजोपाध्याय, मनोज केसी, सागर विक, रविन खत्री, विनोद महर्जन, आयुष सिंह, सिद्धार्थ महर्जन, अजय कुशवाह, रामकृष्ण घताने, सौरभ श्रेष्ठ, दिवेश श्रेष्ठ, विमलजंग कार्की, प्रसङ्ग मास्के, कवीन्द्र प्रधान, निकेश मगर, नीरव चन्द, जिमन पुर्जा, माधवप्रसाद निरौला, रोहित बराल र विक्रम डंगोल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्