१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

मेलम्चीको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गर्‍याे: सभापति देउवा

संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ।’देउवाले भने।

टुँडिखेलमा संविधान दिवसको रौनक (फाेटाे फिचर)

समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो।

कुलेखानी–फाखेल–हुमाने सडकखण्ड सुचारु

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ।

‘वार्नरमाथि ब्रोड हाबी’

वार्नरले पाँच टेस्टको १० इनिङमा उल्लेख्य रन जोड्न सकेनन्। जहाँ उनले शृंखला अवधिभर ९५ रन मात्र जोडे। १० मध्ये ७ इनिङमा वार्नर ब्रोडको सिकार भएका थिए। वार्नरले यसेै टेस्टमार्फत १ वर्षे प्रतिबन्धपछि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा पुनरागमन गरेका थिए।

ग्रान्ड स्लाम लक्ष्य

बुबा पुरुषोत्तम हालसम्म प्रेरणाको वैदेशिक प्रशिक्षणका लागि व्यक्तिगत १ करोड २५ लाख रुपियाँ खर्च गरिसकेको दाबी गर्छन्। आफ्नो क्षमता यहाँभन्दा माथि नरहेको बताउने उनी सहयोगी हातको अपेक्षामा छन्।

१३औं सागका लागि बक्सिङ छनोट सम्पन्न

१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मंगलबार बक्सिङमा १६ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो।

बक्सिङका आठ खेलाडी छनोट

घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबार बक्सिङमा आठ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन्।

आर्चरीका लागि मैदानको चिन्ता

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आर्चरीको कम्पाउन्ड र रिकर्भ दुवै इभेन्टमा गरी १६ खेलाडी छनोट गरिएको छ।

जुम्ला रारा म्याराथनः धीरबहादुर र राममायालाई उपाधि

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा म्याराथनमा पुरुषतर्फ जुम्लाका धिरबहादुर बुढा र महिलातर्फ राममाया बुढा प्रथम भएका छन्। धिरबहादुर बुढाले ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा ४९ किलोमिटर दुरी पार गरेर प्रथम भए। राममाया बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्ड लगाएर प्रथम भएकी हुन्।

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनमा सहभागी खेलाडी, पाँच किलोमिटर, एक किलोमिटर दौड र खेलाडीको प्रोत्साहनका लागि दौडेर साथ दिएका गरि ४ सय जनाले म्याराथनमा सहभागी जनाएका थिए।

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल

१० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन्। अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ। परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।

धुलिखेलमा म्यूजिकल जात्रा २०७६

फरक शारीरिक क्षमता भएका व्यक्ति(दृष्टिविहीन)हरुलाई निःशुल्क साङ्गितिक प्रशिक्षणका लागि आर्थिक सहयोग जुटाउन धुलिखेलमा म्युजिकल जात्रा, २०७६ आयोजना हुने भएको छ।

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ (अठार वर्षमुनी) च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्