१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

'साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो'

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् ।

दसैंमा खेलाडीलाई खेल सामाग्री

फुटबल खेलाडीलाई जुत्ता बाहेक सबै खेल सामाग्री उपलब्ध गराएको वडा कार्यालयले जानकारी दिएको छ। पहिले कपडाको बल बनाएर खेलमैदानमा फुटबल अभ्यास हुन्थ्यो, कहिले बलको अभाव, कहिले अन्य सामाग्रीको, भैरवनाथ युवाक्लवका अध्यक्ष रोशन श्रेष्ठ भन्छन्,

नमोबुद्ध र धुलिखेलको आफ्नै नगरगान

नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन्। पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ।

१३औं दक्षिण एसियाली खेलकुद, सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

प्याराग्लाइडिङका २७ खेलाडी नियमित प्रशिक्षणमा छन्। नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ छनोट भइसकेका छैनन्। उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तारताम्य नै छैन।

एसी मिलान फियोरिन्टनासँग स्तब्ध

इटालियन सिरी ‘ए’ मा यसै सिजन मात्र बढुवा भएको टोली बेरिस्काविरुद्ध नेपोलीले २–१ को जित निकाल्दाको दिन आइतबार दश खेलाडीमा सीमित एसी मिलान फियोरिन्टनासँग ३–१ ले स्तब्ध भएको छ ।

सागका लागि टेबलटेनिस खेलाडी छनोट

नेपालमा हुने १३औँ दक्षिण एशियाली  खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ। पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए।

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने– प्रशिक्षक

इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताएकन छन्।

धरानमा खेलग्राम निर्माणको तयारी

प्रदेश १ को खेलकुद हब बनाउने लक्ष्य लिएर खेलकुद ग्रामसहित धरानको समग्र खेल संरचनाहरूको एकीकृतरुपमा डिपिआर बनाउने काम सुरु भएको छ।

टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ। पुरुष÷महिला दुवैमा समान ५ खेलाडी छनोट भएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्।

आर्थिक अनुशासनमा रहन निर्देशन

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ।

खेलमैदान बनाउन प्रदेश सरकारसमक्ष माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले खेलमैदान निर्माणका लागि प्रदेश सरकारसमक्ष माग गरेका छन् । प्रदेशसभा सांसद रामकुमार राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको अगुवाइमा गएको टोलीले बिहीबार मुख्यमन्त्री शेरधन राईलाई भेटेर लफ्याङको छिवामा निर्माणाधीन खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि सहयोगको माग राखेका हुन् । अघिल्लो दिन सामाजिक विकास मन्त्री जीवन घिमिरेसमक्ष सहयोगको प्रस्ताव पेश गरेको टोलीले दोस्रो दिन मुख्यमन्त्रीसमक्ष सहयोगको याचना गरेका हुन् ।

कालिकादेवी संस्थापक कपको तयारी पूरा

प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच ट्रफीका साथ नगद पुरस्कार दिइने प्रतियोगिताको सर्वोकृष्टलाई कालिका स्टारले सम्मान गरिने अध्यक्ष तामाङले जानकारी दिए।

राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दैछः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्।

मेसी बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई उछिने

बार्सिलोनाका स्टार स्ट्राइकर एवं अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान लियोनल मेसीले फिफा वर्षको सर्वाेत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। महिलातर्फ अमेरिकी फरवार्ड मेगन रापियोले यो अवार्ड हात पारेकी छिन्।

नागरिक उड्डयन प्राधिकरण : सवा अर्ब बोनस बाँड्न चलखेल

एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँडन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ। योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएलगत्तै कर्मचारीलाई एक अर्ब २६ करोड रुपैयाँ बोनस वितरण गर्न चलखेल सुरु भएको हो। आर्थिक वर्ष २०६८÷०६९ देखि नाफामा गएको प्राधिकरणले बोनस वितरणका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्