१४ आश्विन २०८१ सोमबार
image/svg+xml

१६ तस्बिरमा १३ औं सागकाे उदघाटन

१३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

सागको उल्लास

दक्षिण एसियाली खेलकुद (साग) को परिकल्पनाकार नेपालले तेस्रो पटक दक्षिण एसियाको ओलम्पिकको रूपमा परिचित सागको आयोजना गर्दैछ।

कमलले नेपालको झन्डा बोक्ने

लामो चर्चाका बीच नेपाल ओलम्पिक कमिटीले आइतबार उद्घाटन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा झन्डा बोक्ने खेलाडीको टुंगो लगाएको छ।

बंगलादेश र पाकिस्तानबीच उद्घाटन खेल

७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिने कास्की जिल्ला ब्याडमिन्टन संघले जनाएको छ।

धुलिखेल-२ मा नेकपा विजयी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका छन्। उनी ८६७ मत ल्याई विजयी भएका हुन्।

धुलिखेल २ मा उत्साहजनक मतदान

काभ्रे धुलिखेल २ मा मतदान जारी रहेको छ। काभ्रेमा रहेको जम्मा मतदाता १८७७ मध्ये ४ बजेसम्म १४७४ मत खसेको छ। जसमध्ये महिला ७४९ र पुरुष ७२५ को मत खसेको हो।

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)को भलिबलमा शुक्रबार महिलातर्फ सेमिफाइनलमा स्थान बनाउँदा पुरुष टोली भने समूह चरणबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पुरुषततर्फ शुक्रबार भारतसँगको पराजयसँगै नेपालले समूहका कुल दुई खेलमै हार बेहोर्दै लिग चरणबाटै यात्रा टुङ्गाउँदा महिला टोलीले सेमिफाइनलमा स्थान बनाएको छ।

सागको टिकट अनलाइनबाट

पुरुष फुटबलका लागि भिआइपी प्यारापिटतर्फ टिकट मूल्य नगद १ हजार र सामान्यतर्फ नगद ५ सय राखिएको छ। जुन समूहचरणको खेलका लागि मात्र लागू हुनेछ। सेमिफाइनल र फाइनल खेलका लागि भने भिआइपी प्याराफिटतर्फ टिकट मुल्य नगद २ हजार र सामान्यतर्फ नगद १ हजार तोकिएको छ।

उद्घाटन र समापनमा जोरबिजोर

आइतबार हुने उद्घाटन समारोह र २४ मा हुने समापन समारोहमा रंगशालामा भिभिआइपीको उपस्थिति हुने र उनीहरूको आगमनले यातायातको सहजतामा समस्या आउने भएकाले त्यसको सहजीकरणका लागि दुई दिन जोर–बिजोर प्रणाली लागू गरिने।

सागमा सवारी व्यवस्थापनः ठूला सवारी निषेधदेखि जोर विजोर प्रणालीसम्म

महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विशेष तयारी थालेको छ।

२ हजार ९ सय १० खेलाडी सहभागी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यस्थापक गरी कुल ३ हजार ७ सय ९ जना सहभागी हुने भएका छन्। १३औं साग राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्रकुमार राईले सातै देशका सहभागी खेलाडी, प्रशिक्षक तथा व्यस्थापकहरूको संख्या सार्वजानिक गरे। जसअनुसार कुल खेलाडी संख्या २ हजार ९ सय १० र अफिसियल ७ सय ६९ छन्।

खेलाडी र व्यवस्थापकका लागि ४ सय यातायात

अधिकांश खेलाडीहरूलाई ठमेल आसपासका होटलमा राखिएको, केहीलाई बुढानीलकण्ठ, गोदावरी, बौद्ध एरियाका होटलमा राखिएको र उनीहरूलाई यातायातको व्यस्थापन पनि सोहीअनुसार गरिएको छ।

तेक्वान्दोबाट धेरै आशा

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्ट हुन्। एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अझैं पनि ताजै छ। नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधातर्पm एक मात्र रजत पदक जित्ने तेक्वान्दोकै सविता राजभण्डारी हुन्।

सागका सहभागी: नेपालबाट सर्वाधिक, भूटानबाट न्यून

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यस्थापको अन्तिम संख्या सार्वजानिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्