१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सागको टिकट अनलाइनबाट

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट सुरु हुने १३औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि फुटबलसहित अन्य ३ खेलको टिकटको जिम्मा इसेवालाई दिएको छ। राखेपले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पुरुष फुटबल, महिला र पुरुष भलिबल र बास्केटबल गरी तीन खेलको टिकेटिङको जिम्मा इसेबाले पाएको हो। यता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयस्थित त्रिकेट मैदानमा हुने पुरुष क्रिकेटको टिकेटिङको जिम्मा भने नेपालय इन्टरनेसनले पाएको छ।

इसेवाका सिओओ रोशन लामिछानेले टिकटका लागि दर्शकले जततउकस्ररकबन।भकभधब।अयm।लउर  लग इन गरी आफूले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्ने बताए। दर्शकले टिकट खरिद गर्दा आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा सो टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिने उनले बताए। दर्शकले मैदान प्रवेश गर्दा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्ने पनि उनले बताए।

‘यस प्रकारको प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान हुनेछ,’ लामिछानेले भने, ‘फुटबल खेल दौरान सिट नम्बरसहितको टिकट उपलब्ध गराइनेछ र उनीहरू टिकटमा उल्लेखित सिट नम्बरमा मात्र बस्न पाउनेछन्।’

लामिछानेका अनुसार पुरुष फुटबलका लागि भिआइपी प्यारापिटतर्फ टिकट मूल्य नगद १ हजार र सामान्यतर्फ नगद ५ सय राखिएको छ। जुन समूहचरणको खेलका लागि मात्र लागू हुनेछ। सेमिफाइनल र फाइनल खेलका लागि भने भिआइपी प्याराफिटतर्फ टिकट मूल्य नगद २ हजार र सामान्यतर्फ नगद १ हजार  तोकिएको छ। त्यस्तै रंगशालाको कभर्ड हलमा जारी महिला र पुरुष भलिबल र अर्को साता सुरु हुने बास्केटबलको लागि टिकट दर नगद ५ सय राखिएको उनले बताए। यता पुरुष क्रिकेटको हकमा भने नेपालको खेल भएको दिनको लागि टिकट मूल्य ५ सय र अन्य दिन नगद रु २ सय ५ राखिएको छ। सेमिफाइनल र फाइनल खेलको टिकट दर भने नगद ५ सय रहनेछ।

राखेपका सदस्यसचिव रमेश सिलबालले दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार ९ सय भए पनि १४ हजार मात्र टिकट बेचिने जनाएका छन्।

प्रकाशित: १३ मंसिर २०७६ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App