१४ आश्विन २०८१ सोमबार
image/svg+xml

भलिबलबाट प्रतिस्पर्धा सुरु

२० वर्षपछि घरेलु मैदानमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण औपचारिक रूपमा उद्घाटन आगामी आइतबार दशरथ रंगशालामा हुँदै छ।

सरकारद्वारा पुरस्कार वृद्धिको उधारो घोषणा

आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागी भई राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सरकारले यसअघि दिँदै आएको सेवासुविधालाई वृद्धि गरेर पुरस्कृत गर्ने जनाएको छ।

ब्याडमिन्टनमा मात्रै सातै देशको प्रतिस्पर्धा

ब्याडमिन्टन, सातै देशका खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्ने एउटा मात्रै खेल हो । सातै देशका खेलाडीले ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछन् । ७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिनेछन् । नेपाल र भारतका (महिला र पुरुष) १०÷१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

१३औं साग: आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे

आसन्न १३ औं दक्षिण एशियाली खेलकूद (साग)का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन्। यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए।

सागमा सहभागी हुने खेलाडीहरुलाई विशेष सम्बोधन

नेपालमा आयोजना हुन लागेको १३औँ दशिक्षण एसियाली खेलकुद (साग)मा सहभागी खेलाडीहरुलाई विशेष सम्बोधन गरिएको छ। दक्षिण एसियाली सात राष्ट्रले सहभागिता जनाउने साग यहि मंसिर १५ देखी २४ गते सम्म आयोजना हुँदैछ। सागमा २६ खेल समावेश छन्। खेलका लागि विदेशबाट करिब ३ हजारभन्दा बढी खेलाडी र पदाधिकारी नेपालमा आउँदै छन्। सागका लागि भनेर प्रविधिक समितिले करिब २ हजार ३५ कर्मचार खटाउने निर्णय गरेको ।

सन्दीप साग टोलीबाट बाहिर

आँखाको शल्यक्रियाका कारण नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन्।

तीन खेलाडी टोलीबाट बाहिर

‘एन्फाले उनीहरूलाई यसअघि नै कारबाही गरिसकेको हो। त्यसलाई मैले पनि पालना गरेको हुँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फासँगको सल्लाहमा उक्त निर्णय भएको हो। उनीहरूको स्थानमा आएका खेलाडी पनि निकै राम्रा छन्। उनीहरूले राम्रो गर्नेमा विश्वस्त छु।’

ट्य्राकपछि फुटबल मैदान मार्किङ

पछिल्लो समय २५ हजार स्क्वायर दुबो आइपुगेको थियो। जसमध्ये आधाजसो दुबोलाई मैदानकै पूर्वतर्फ राखिएको छ। झन्डै ११ हजार स्क्वायर दुबो सञ्चित छ। सञ्चित दुबोलाई आवश्यकताअनुसार मैदानमा स्थापित गर्न सकिने गरी राखिएको कम्पनीले जनाएको छ।

सागमा आउने खेलाडीको दुर्घटना वीमा

राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना वीमा गरेको छ।

कुश्ती कभर्डहल अझैं निर्माण प्रक्रियामै

नेपालले कुश्तीमा महिला र पुरुष दुवैतर्फ ७-७ तौलसमूहमा प्रतिस्पर्धा गर्दै छ। कुश्तीमा पुरुषतर्पm पाँच राष्ट्रका कुल ३५ र महिलामा चार राष्ट्रका कुल २८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

‘निर्माणाधीन खेलस्थल निरीक्षणको तयारीमा छौं’

सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

डिसिसी गोल्डकप फुटबल हुने

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले यस वर्षदेखि डिसिसी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले फुटबल खेलाडी उत्पादन तथा विकास गर्न गोल्डकप आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

तेह्रौँ दक्षिण एशियाली खेलकूद : कुन खेल कहाँ र कहिले हुँदैछ?

दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) आउन आठ दिन बाँकी छँदा पदक निर्धारण, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक टोलीको सङ्ख्या निर्धारण लगायतको काम सम्पन्न भएको छ ।

१३औँ सागः पोखरामा ६ सय ६२ खेलाडी सहभागी हुँदै

१३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६ सय ६२ खेलाडी सहभागी हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्