१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

करातेबाट धेरै आशा

आयोजनाका दृष्टिले मात्र होइन, पदक र देशको प्रतिष्ठासँग जोडिँदै छ, नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)। दक्षिण एसियाकै सबैभन्दा ठूलो महाकुम्भ खेलमेला सञ्चालन हुन केही दिन मात्र बाँकी छ।

सातै प्रदेशमा ओलम्पिक टर्च पुर्‍याइने

नेपालमा मंसिर १५ बाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु-याइने भएको छ। ओलम्पिक टर्च -याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो।

'सागमा न्यूनतम ५० स्वर्ण पदक ल्याउने गरि तयारी गरेका छाैं' (भिडियाेसहित)

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले दक्षिण एसियाली खेल (साग)मा न्यूनतम ५० स्वर्ण पदक ल्याउने गरि तयारी गरेको बताएका छन्।

ऐतिहासिक नतिजा ल्याउने दाबी

२० वर्षपछि नेपाली भूमिमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालका खेलाडीले ऐतिहासिक नतिजा ल्याउने राष्ट्रिय टिम तयारी समितिले बताएको छ।

नेपाल गाेलको अन्तर घटाउन सफल

महत्वपूर्ण चार खेलाडीबिना पनि नेपालले कुवेतसँग मात्र १–० को पराजय बेहोरेको छ। यसअघि पहिलो अवे खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले मंगलबार अन्तर घटाएको छ।

कुवेतविरुद्धको खेलमा नेपाल १-० ले पराजित

फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुमा भएको होम खेलमा हारका बावजुत सुधारिएको प्रदर्शन गरेको छ।

मल्पी र लिटिल एन्जल्सबीच फाइनल भिडन्त

मल्पी र लिटिल एन्जल्स (एलए) २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार ब्वाइज फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन्।

सागका स्वयंसेवकलाई प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो। सागमा खटिने स्वयंसेवकको जिम्मेवारीबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए।

परिपक्वताको अभाव : माधन्धर

दक्षिण एसियाली खेलकुदको अवधारणा नेपालबाट सुरु भयो। एथ्लेटिक्सको स्वर्णसहित सुरुआत भएको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा एथ्लेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलन खेल समावेश थिए। नेपालले सर्वाधिक २४ पदक पोल्टामा पारेको थियो। भारत ४४ स्वर्णसहित पहिलो, ७ स्वर्णसहित श्रीलंका दोस्रो, ५ स्वर्णका साथ पाकिस्तान तेस्रो हुँदा चार स्वर्ण जितेको आयोजक नेपाल चौथो भएको थियो। बंगलादेश २ स्वर्णसहित पाँचौं हुँदा भुटान र माल्दिभ्स भने स्वर्णविहीन भएका थिए।

टुक्रिएको टुँडिखेल

मेरो बाल्यकालको कुरा गर्ने हो भने त टुँडिखेल पूरै खुला थियो। जाडोका बेला घाम तापेर बदाम खाने, साइकल चलाउने, भेटघाट गर्ने ठाउँ थियो। ४० वर्षअघि मेरा मित्र पूर्णकान्त अधिकारी अमेरिकाबाट पिएचडी गरेर आएका थिए। उनले ‘ल केदार यसो भेटघाट, गफ गरौं’ भने। मैले कता रेस्टुरेन्टतिर बस्नु टुँडिखेलमा आउ न भनेर बोलाएँ। उनीसँग त्यहाँ बसेर हामीले भुटेका बदाम खाँदै नेपालको विकास र उनको ‘अमेरिका पढाइ’बारे छलफल गरेको अझै याद छ। हामी स्कुल पढ्दा फुटबलको ‘क्रेज’ थियो। टुँडिखेलमा हामी फुटबल खेल्थ्यौं।

थाई र भियतनामी खेलाडीलाई उपाधि

थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिलातर्फ र भियतनामका काव सुओङ फाम पुरुषतर्फ योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ को उपाधि जितेका छन्।

यहाँ त सरकारले नै सार्वजनिक स्थल मिच्दै छ

आज भन्दा चालीस बर्ष अगाडि मेरो एकजना साथी पुर्णकान्त अधिकारी अमेरिकाबाट पीएचडी गरेर आएका थिए, उनले ल केदार यसो भेटघाट, गफ गरौ भने, मैले कता रेष्टुरेन्ट तिर बस्नु टुँडिखेलमा आउ न भनेर बोलाए, उनीसँग त्यहाँ बसेर हामीले भुटेको बदाम खाँदै नेपालको विकासको बारेमा, उनको अमेरिका पढाइको बारेमा छलफल गरेको अझै याद छ।

सागको तयारी अझै अपूर्ण, खेल सामाग्री पनि बाटोमै

घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना नजिकिँदै गर्दा पनि आयोजक नेपाल आफ्नो सम्पूर्ण तयारी पूरा भएको सन्देश दिन असफल भएको छ।

थाई र कोरियन खेलाडी उपाधिनजिक

थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०१९ को महिला एकलमा उपाधि नजिक पगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्