१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

अकुपाई टुँडिखेल अभियान: टुडिखेलमा रोपिए खरीका बोट

सम्पदा संरक्षण अभियन्ताले ‘अकुपाई टाुडिखेल’ अभियानअन्तर्गत टुँडिखेलमा खरीको बोट वृक्षरोपण गरेका छन्। शनिबार टुँडिखेलमा वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलगायतले वृक्षरोपण गरेका हुन्।

दास र सचिनबिच भएको मैत्रीपूर्ण खेल सम्पन्न

भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ।

नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त

काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ मा नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त भएको छ।

साहसिक खेलकुद हब बन्दै धरान

खेलको रूपमा विकास भएकाले साइक्लिङमा युवा र युवती दुवैको क्रेज छ। राष्ट्रिय प्रतियोगितामा धरानका युवा खेलाडीहरूले पुरस्कार पनि जित्दै आएका छन्। अझ अहिले सागको तयारीमा रहेको नेपालको राष्ट्रिय टोलीमा धरानबाट ४ युवती क्लोज क्याम्पमा छन्।

गोकर्ण फरेस्ट रिसोर्ट- लिज अवधि थप्न चलखेल

तत्कालीन दरबारले गोकर्ण रिसोर्टसहितको दुई हजार सय सय ९२ रोपनी जग्गा यतीको भगिनी कम्पनी एलएम सुभीर ब्रदर्स नेपाललाई २०५३ साउन ३१ देखि २०८२ साउनसम्म ३० वर्षका लागि लिजमा दिएको देखिन्छ। उक्त कम्पनीसँग भएको सम्झौताको बुँदा नं. ३४ मा सम्झौताको अवधि समाप्त नभई म्याद थप गर्न तथा नवीकरण गर्न नपाइने उल्लेख छ।

‘सागको अन्योलता अन्त्य भएको छ’

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को अन्योलता अन्त्य भएको नेपाली खेलकुदका सरोकारवाला निकायले जनाएका छन्। भौतिक पूर्वाधार र तयारीका विषयमा प्रश्न उठिरहेका बेला युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारीले एक स्वरमा साग भव्य रूपमा निर्धारित समयमा सम्पन्न हुने प्रतिबद्धता जनाए।

साहसिक खेलकुद हब बन्दै धरान

स्वास्थ्यका लागि भन्दै धरानमा साइक्लिङ गर्नेको जमात बढेको धेरै अघिदेखि नै हो। स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु भएको साइक्लिङ अभियानले बिस्तारै खेलकुदको रूप लियो। धरानका युवाहरूले विभिन्न साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुन थालेको नै झन्डै ७ वर्ष भयो। त्यस बेला खेलाडीका रूपमा आंैलामा गन्न सकिने मात्र युवा थिए। अधिकांश स्वास्थ्य र रमाइलोका लागि साइक्लिङ गर्थे।

नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ।

नेपाली टोलीलाई ६ पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपाली तेक्वान्दो खेलाडीले चीनको सिहान सहरमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एक रजत र पाँच कांस्यसहित कुल ६ पदक जितेका छन्।

मिति तलमाथि हुँदैन : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने बताएका छन्।

सागका लागि महिला टोली घोषणा

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्व गर्ने महिला फुटबल टोलीको घोषणा गरिएको छ। आगामी मंसिर १५ नेपालमा आयोजन हुने सागका लागि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो। नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको नामावली सार्वजनिक गरेका हुन्।

अन्तिम १३ मिनेटमा नेपाल असफल

अन्तिम १३ मिनेट सम्हालिन नसक्दा नेपाल इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा इरानसँग ४–० ले पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

निर्धारित मितिमै साग हुने निश्चित

नेपालमा मंसिरको तेस्रो सातादेखि तय १३औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना निर्धारित मितिमै हुने भएको छ। यसअघि दुई पटक मिति सरेको १३औं सागको आयोजना आगामी मंसिर १५ देखि २४ गतेका लागि तय भए पनि यस पटक पनि मिति सर्न सक्ने आकलन गरिएको थियो। यद्यपि, शनिबार नेपालमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकपश्चात् आयोजक नेपालले पूर्वनिर्धारित समयमै १३औं आयोजना हुने प्रस्ट्याएको छ।

सागको मिति तलमाथि हुँदैन, पूर्वाधारको कुनै समस्या छैनः खेलकुद मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने बताएका छन्।

'पुर्खाको नासो, जनताको हक'

उनीहरुले ‘टुँडिखेल कसको विर्ता रु अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्