२३ आश्विन २०८१ बुधबार
image/svg+xml

उहिलेका प्रचण्ड र अहिलेका दाहाल

तस्बिरहरु त हल भरि झुन्ड्याइएका थिए । तर युद्धकालिन मुख्य घटनाक्रमका तस्बिर आउँदा कतै रोमान्चक  त कतै गंभिर देखिन्थे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

ओली र प्रचण्डबीच नेतृत्व आलोपालो गर्ने सहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।

ओली र प्रचण्डबीच के भयो समझदारी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

सरकार गठन भन्दा पहिला पार्टी एकता : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुड्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन्।

अब यसै हो प्रचण्डज्यू ?

भन्नै परेन, नेपाली जनमत वामढलो छ । यस वर्ष माक्र्सको दुई सयौँ जयन्ती, कम्युनिस्ट घोषणापत्रको १ सय ५० वर्ष र अक्टोबर क्रान्तिको सय वर्ष बिते । यी दुई सय वर्षमा विश्वमा दर्शन, विज्ञान, आविष्कार, सूचना, सञ्चार र प्रविधिको अभूतपूर्व विकास भयो । त्यसले दर्शन, राजनीतिक शास्त्र, संर्घष र मनोविज्ञानमा समेत अत्यन्तै ठूलो प्रभाव पा¥यो ।

पत्नी र छोरीसँगै देवघाटधाम घुम्दै प्रचण्ड

प्रख्यात धार्मिक स्थल देवघाटधाममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार घुमघाम गर्न पुगेका छन्।

सरकार निर्माण र पार्टी एकता बारे प्रचण्ड र ओलीबीच छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ।

मन्त्री पाण्डेमाथि प्रचण्डको शानदार जित

चितवन ३मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । वाम गठबन्धनकबाट उम्मेद्वार बनेका दाहाल राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९३२७को मतान्तरले हराउँदै विजयी बनेका हुन् ।

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बृहत शान्ति सम्झौता’प्रति बफादार नभएको आरोप लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

चुनाव भाड्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन्।  पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताए।

प्रचण्ड प्रपञ्चमा केपी

केही महिनाअघिको राजनीतिक परिदृश्य हो, योे । कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पद हस्तान्तरण गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘राजनीतिमा अझ पनि इमानदारी बाँकी छ भनेर मैले देखाएको छु । शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पद हस्तान्तरण गरेर राजनीतिक वाचा मैले पूरा गरेको छु ।’

नेमकिपा छाडेका धिताललाई प्रचण्डले दिए आमसभाबाटै टिकट

नेपाल मजदुर किसान पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पूर्ण प्रसाद धिताललाई जुम्ला सिजामा आयोजित आम सभामै प्रचण्डले टिकट दिएका छन् । आगामी मंसिर १० गते हुने प्रदेशसभाको चुनावको लागि जुम्ला क्षेत्र नम्बर २ मा धिताललाई माओवादी केन्द्रमा प्रवेश गरे लगत्तै टिकट दिइएका हुने । उनले भने, जुम्ला क्षेत्र नम्बर दुईका लागि पुर्ण प्रसाद धितालले नै टिकट पाउने भएकोले निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराउन नेता कार्यकर्ता र जनतालाई निर्देशन गर्दछु ।

सिजालाई औधोगिक क्षेत्र बनाउने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुम्लाको सिजा क्षेत्रलाई औधोगिक क्षेत्रका रुपमा विकास गर्ने घोषणा गरेका छन ।  उनले औधोगिक क्षेत्र बनाउनको लागि प्रधानमन्त्री शेर वहादुर देउवा सँग सिधै गएर भेटेर कुराकानी गर्ने बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्