५ आश्विन २०८१ शनिबार
image/svg+xml

दश लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

करिब १० लाख अवैध भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। भारतीय ९ लाख ९९ हजार रुपैयाँसहित प्रहरीले भारतीय बोलेरो चालक भारतको ओडिसा राज्यको बैरातपुर जिल्ला पैरासवका ३१ वर्षीय विजय चौधरी र भारतकै पश्चिम बंगालको नहेटी, माउतपुरका ३८ वर्षीय शंकर सरकारलाई पक्राउ गरेको हो।

एपीएफ टोलीद्वारा स्रोत नखुलेको रुपैयाँसहित दुई पक्राउ

जिल्लाको परवानिपुर गाँउपालिका–३ मा चैत १ गते एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

सय रुपैयाँमा मन्टेस्वरी शिक्षा

काठमाडौंको बौद्ध नयाँ बस्तीमा संस्थापक उत्तम सञ्जेलले ‘समता मन्टेस्वरी प्रिस्कुल’ स्थापना गरेका छन्। सय रुपैयाँमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले खोलिएको सो स्कुलमा ‘शिक्षा नै सबैथोक’ भन्ने नाराका साथ नयाँ भर्ना सुरु गरिएको उनले जानकारी दिए।

विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै

सरकारले नीतिगत सुधार र लगानी सम्मेलन गरेर प्रत्यक्ष वैदेशिक लगानीको आह्वान गरेपछि मुलुकमा विदेशी लगानी अनुुमति दोब्बरभन्दा धेरै जारी भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पौने ११ अर्ब रुपैयाँ लगानी गर्न विदेशी लगानीकर्ताले उद्योग विभागबाट अनुमति लिएका छन्। यो पोहोरको तुलनामा करिब दोब्बर बढी हो।

लागूऔषध र नेपाली रुपैयाँसहित भारतमा एक नेपाली पक्राउ

लागूऔषध र नेपाली रुपैयाँसहित एक नेपाली भारतमा पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतीय बजार बैरगनियामा भारतीय सुरक्षाकर्मीले एकजना नेपालीलाई प्रतिबन्धित लागूऔषध र नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

दुई लाख नक्कली रुपैयाँसहित दुई पक्राउ

दुई लाख नक्कली नेपाली रुपैयाँसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले दुई लाख नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो।

‘दुई रुपैयाँको सिक्का राखेपछि निस्कन्छ स्यानिटरी प्याड’

दुई रुपैयाँको सिक्का राखेपछि उक्त मेसिनबाट प्याड आफैँ निस्कने गर्दछ। मन्त्रालयमा कार्यरत महिला कर्मचारी र काम विशेषले आउने जो कोही महिलाले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन्।

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन। सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।

डलर तीन महिनायताकै कमजोर

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर तीन महिनायताकै कमजोर भएको छ। नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ।

एक डलरको मूल्य ११९ रुपैयाँ

एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँ ३३ पैसा तिर्नुपर्ने भएको छ।

‘कुटुमा कुटु’को ह्याट्रिक

फिल्म ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले राजधानीमा आइतबार सम्पन्न ‘एलजी सिने सर्कल अवार्ड २०७५’मा ह्याट्रिक गरेको छ।

डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्