५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘दुई रुपैयाँको सिक्का राखेपछि निस्कन्छ स्यानिटरी प्याड’

काठमाडौं– खानेपानी मन्त्रालयले छैटौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा महिनावारीको समयमा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुआत मन्त्रालयको भवनबाटै शुरु गरेको छ।

खानेपानीमन्त्री बीना मगरले महिलालाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको शुरुआत गरेकी हुन्। दुई रुपैयाँको सिक्का राखेपछि उक्त मेसिनबाट प्याड आफैँ निस्कने गर्दछ। मन्त्रालयमा कार्यरत महिला कर्मचारी र काम विशेषले आउने जो कोही महिलाले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन्।

मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ। मेसिनको शुरुआत गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयमा राख्दै लगिने बताइन। उनले भनिन् ‘यो त हामीले शुरुआत मात्र गरेका हौँ। महिनावारी हुने समयमा महिलालाई समस्या पर्ने गर्दछ। अझ सार्वजनिक महिला शौचालयमा यस्तो मेसिन राख्न पाइयो भने महिलालाई धेरै सहज हुने गर्छ। हामी विस्तारै अन्य ठाउँमा राख्दै जानेछौँ।’

मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ स्थानमा महिला तथा अपाङ्गमैत्री ‘स्मार्ट’ शौचालय बनाउने तयारीसमेत गरेको छ। यी स्मार्ट शौचालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिनसमेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिइन। रासस

प्रकाशित: १४ जेष्ठ २०७६ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App