बारा– जिल्लाको परवानिपुर गाँउपालिका–३ मा चैत १ गते एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० वर्षिय ईनामोल र २५ वर्षिय ईसा आलम छन्।
बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेला परेको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो।
प्रकाशित: १ चैत्र २०७६ १२:४९ शनिबार