२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बच्चासहित नारायणीमा हाम फाल्नेको पहिचान हुन सकेन

तिहारको लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन। उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ।

‘हाउ डेयर यु ?’

‘के तपाईंहरूलाई उनीहरू (राजनीतिक नेताहरू)ले हाम्रो कुरा सुन्छन् जस्तो लाग्छ ?’ सहभागीहरू चिच्याए– लाग्दैन। अनि दृढ स्वरमा ग्रेटाले भनिन्, ‘हामी उनीहरूलाई हाम्रो कुरा सुन्ने बनाउँछौं।’

'मौका नमिल्दा सफल भइनँ'

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा एक वर्षका लागि अनुबन्धित एलेक्स सान्चेजले मौका नपाएका कारण सफल नभएको बताएका छन्।

व्यवसायिक बन्न सकेन आलुखेती

लेकाली क्षेत्रमा बर्खे आलु खन्ने बेला अन्तिम चरणमा पुगेको छ। घट्दो खेती, रोग किराको आक्रमण तथा उत्पादन राम्रो नहुँदा आलुखेती खस्किँदै गएको छ। पर्याप्त सम्भावना भए पनि आलु खेतीको आधुनिकीकरण तथा व्यवसायीकरण हुन सकिरहेको छैन।

इब्राहिमोभिच युनाइटेड फर्कन तयार

एलए ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले नोभेम्बरमा क्लबसँगको सम्झौता सकिएपछि पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्कन तयार रहेको बताएका छन्। २०१८ को मार्चमा मेजर लिग सकर क्लब एलए ग्यालेक्सीमा आबद्ध भएका ३७ वर्षे इब्राहिमोभिचले क्लबबाट ४९ खेलमा ४६ गोल गरेका छन्। ‘मैले प्रिमियर लिगको अनुभव बटुलिसकें। त्यसैेले युनाइटेडले चाहेमा म अझै पनि ओल्ड ट्राफोर्ड फर्कन तयार छु,’ इब्राहिमोभिचले भने।

‘पलेँटी’ मा लेकाली–परिवार

यस महिनाको ‘पलेँटी’ शृखला नामक सांगीतिक कार्यक्रममा लेकाली–परिवारको प्रस्तुति हुने भएको छ । आगामी भदौ १३ देखि कालिकास्थानस्थित ‘आर’ शालामा आयोजना हुने ‘पलेँटी शृखला’ मा सांगीतिक प्रस्तुति दिन लेकाली–परिवारका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ रिहर्सलमा जुटेका छन् ।

लेकसाइडमा अवाञ्छित गतिविधि रोक्न महानिरीक्षक निर्देशन

रात्रिकालीन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइमा कोलाहल मच्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रदेश प्रहरीलाई निर्देशन दिएका छन्। लेकसाइडमा मध्यरातपछि डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। एउटाले व्यवसाय गर्दा अर्काेलाई असर पार्न नहुने उनले बताएका छन्।

इओबी एभर्टनमा अनुबन्धित

एभर्टनले आर्सनलका स्ट्राइकर एलेक्स इओबीलाई बिहीबार अनुबन्धन गरेको छ । सुरुवा बजार बन्द भएको ४ घन्टापछि एभर्टनले आर्सनलबाट इओबीलाई ३४ मिलियन युरोमा ५ वर्षका लागि अनुबन्धन गरेको घोषणा गरेको हो । इओबीले आर्सनलबाट १ सय ४९ खेलबाट १५ गोल गरेका छन् । एभर्टनका प्रशिक्षक मार्को सिल्भाले यस सिजनका लागि अनुबन्धन गरेको इओबी सातौं खेलाडी हुन् ।

निमा र अवियान विजयी

ग्यालेक्सीकी निमा शेर्पा र अवियान कश्यपले राजधानीमा जारी अन्तरस्कुल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१४ को गल्र्स र व्बाइज स्पर्धामा बुधबार जित निकालेका छन् ।

एलेक्सजेन्डरद्वारा अर्को राष्ट्रिय कीर्तिमान

नेपालका एलेक्सजेन्डर शाहले कोरियामा जारी १८औं फिना विश्व च्याम्पियनसिपमा दुई राष्ट्रिय कीर्तिमान बनाउँदा ५० मिटर फ्रिस्टायलमा पनि सफलता प्राप्त गरेका छन्। कोरियाको ग्वाङझुमा शहरमा जारी १८औं फिना विश्व च्याम्पियनसिपमा शुक्रबार भएको ५० मिटर फ्रिस्टायलमा हिट चरणबाटै बाहिरिए पनि एलेक्सजेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। हिटमा एलेक्सजेन्डरले २५.३८ सेकेन्डमा पूरा गरे पनि चौथो स्थानमा खुम्चिए। यद्यपि, त्यो समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भयो।

शाहको राष्ट्रिय कीर्तिमान

नेपालका एलेक्सजेन्डर शाहले कोरियामा जारी १८औं फिना विश्व च्याम्पियनसिपअन्तर्गत १ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। कोरियाको ग्वाङझु सहरमा जारी १८औं फिना विश्व च्याम्पियनसिपको बुधबार भएको १ सय मिटर फ्रिस्टायलमा हिटचरणबाटै बाहिरिए पनि एलेक्सजेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। कुल ९ सहभागी हिटमा एलेक्सजेन्डरले ५६.२८ सेकेन्डमा पूरा गरे पनि चौथो स्थानमा खुम्चिए। यद्यपि, त्यो समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त बनेको थियो।

लेकमा थलिँदै यार्सायात्रु

यतिबेला कल्पना बोहोरा दुई जिउकी छिन्। उनी गर्भवती भएको पाँच महिना पुगेको छ। आर्थिक अवस्था कमजोर भएकाले दुई पैसा कमाउने लोभमा उनी यार्सागुम्बा टिप्न साइपाल गाउँपालिकामा पर्ने राइढुंगी लेक पुगेकी छिन्। उनी राईढुंगी लेक पुगेको दस दिन भयो। दोस्रोपटक आमा बन्न लागेकी उनलाई लेकमा पेट दुख्ने बिमार लागेको छ। उनी छिनछिनमा बेहोस हुन्छिन्। उनको पहिलो शिशु सात दिन नहुँदै खेर गएको थियो। लेक पुगेकी उनलाई आफ्नो भन्दा पनि गर्भको शिशुलाई केही हुन्छ कि भन्ने चिन्ताले सताएको छ।

दशकसम्म बन्दैनन् पूर्वाधार

नेपालगन्ज रंगशाला परिसरमा पौडी पोखरी ‘स्विमिङ कम्प्लेक्स’ बन्न लागेको १० वर्ष पुग्यो। एक दशकपछि पौडी पोखरीको निर्माण कार्य असारमा सक्ने तयारी भइरहेको छ। कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर योजना बनाएको १५ वर्ष पुग्यो। तर रंगशाला कहिले बन्छ भन्ने टुङ्गो छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्