२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

'मौका नमिल्दा सफल भइनँ'

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा एक वर्षका लागि अनुबन्धित एलेक्स सान्चेजले मौका नपाएका कारण सफल नभएको बताएका छन्।

चिलीका ३० वर्षीय सान्चेज १८ महिना युनाइटेडमा रहेका  थिए। १८ महिने क्लब बसाइमा सान्चेजले ५ गोल मात्र गरेका छन्। यद्यपि सान्चेन्ज युनाइटेडमा छँदा सबैभन्दा बढी कमाउने खेलाडी थिए। युनाइटेडले सान्चेजलाई साताको ४ लाख पाउन्ड दिँदै आएको थियो। तर उनले युनाइटेडले आशा गरेको जस्तो प्रदर्शन भने गर्न सकेनन्। ४५ खेलमा जम्मा ५ गोल गरेका थिए।

‘म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुन पाउँदा मलाई निकै खुसी लागेको थियो। युनाइटेड इङ्ल्यान्डमा अन्य क्लबले भन्दा धेरै उपाधि जित्ने टोली हो,’ सान्चेजले भने, ‘आर्सनलबाट खेल्दा पनि म खुसी नै थिएँ। त्यो समयमा युनाइटेडले जित्नका लागि खेलाडी किन्दै थियो। सोही अवसरमा म युनाइटेडमा गएँ, त्यहाँ गएकोमा मलाई कुनै पश्चात्ताप छैन।’

२०१४ मा बार्सिलोनाबाट आर्सनलमा गएपछि सान्चेजले १ सय ६६ खेलमा ८० गोल गरेका थिए। २०१७ मा प्रोफेसनल फुटबलर्स एसोसियन प्लेयर्सको प्लेयर्स अफ द इयर अवार्डमा मनोनीत भएका थिए। युनाइटेडमा आएपछि भने उनले आर्सनलमा जस्तो प्रदर्शन गर्न नसक्दा प्रशिक्षकको पहिलो रोजाइमा कठिनले मात्र पर्ने गरेका थिए। सिजनको प्रिमियर लिगमा उनले २७ खेलमा जम्मा २  गोल गरेका थिए। यद्यपि उनले कोपा अमेरिकामा भने चिलीलाई सेमिफाइनलसम्म पु¥याउन महŒवपूर्ण भूमिका खेलेका थिए। कोपा अमेरिकामा सान्चेजले २ गोल गरेका थिए।

 

प्रकाशित: १८ भाद्र २०७६ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App