२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

शाहको राष्ट्रिय कीर्तिमान

काठमाडौं – नेपालका एलेक्सजेन्डर शाहले कोरियामा जारी १८औं फिना विश्व च्याम्पियनसिपअन्तर्गत १ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। कोरियाको ग्वाङझु सहरमा जारी १८औं फिना विश्व च्याम्पियनसिपको बुधबार भएको १ सय मिटर फ्रिस्टायलमा हिटचरणबाटै बाहिरिए पनि एलेक्सजेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। कुल ९ सहभागी हिटमा एलेक्सजेन्डरले ५६.२८ सेकेन्डमा पूरा गरे पनि चौथो स्थानमा खुम्चिए। यद्यपि, त्यो समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त बनेको थियो।

एलेक्सजेन्डरले यसअघि सन् २०१७ मा भएको सातौं एनएससी कप पौडी च्याम्पियनसिपमा शिरीष गुरुङको ५७.८८ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान कायम गरे। बुधबार १ सय २० जनाले प्रतिस्पर्धा गरेको उक्त विधामा एलेक्सजेन्डर समग्रमा भने १ सय २ स्थानमा रहन सफल भए। एलेक्सजेन्डरले शुक्रबार ५० फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।


बिहीबार नेपालका दुई खेलाडीले दुई फरक विधामा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय पौडी टोलीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिए। बिहीबार गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन्। यी दुवैको समान एक चुनौती यसअघि नै समाप्त भइसकेको छ। सन् २०१६ को रियो ओलम्पिककै कान्छी खेलाडी नेपालकी गौरिका मंगलबार २ सय मिटर फ्रिस्टायलमा हिट चरणबाटै बाहिरिएकी थिइन्।

कुल ९ जना रहेको हिटमा गौरिका २ मिनेट १३ सेकेन्डको समय निकाल्दै पहिलो भए पनि समग्रमा भने ४८औं स्थानमा खुम्चेकी थिइन्। उक्त विधामा कुल ६१ पौडीबाजले चुनौती प्रस्तुत गरेका थिए। यता, शुभम्को पनि २ सय मिटर ब्रेस्टस्ट्रोकको चुनौती पनि सकिइसकेको छ। चोटका बावजुद खेलिरहेका उनले उक्त दूरी १ मिनेटमा १३ सेकेन्डमा पार गरेका थिए। नेपालबाट महिलामा सोफिया शाहले शुक्रबार ५० मिटर बटरफ्लाइ र शनिबार ५० मिटर फ्रिस्टायलमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्दै छिन्। गत जुलाई १२ देखि २८ तारिखसम्म हुने च्याम्पियनसिप नेपालका तर्पmबाट समान २ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका हुन्। नेपाली टोलीको प्रशिक्षकमा मुख्य प्रशिक्षक शंकर कार्की छन्।

प्रकाशित: ९ श्रावण २०७६ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App