२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एलेक्सजेन्डरद्वारा अर्को राष्ट्रिय कीर्तिमान

काठमाडौं – नेपालका एलेक्सजेन्डर शाहले कोरियामा जारी १८औं फिना विश्व च्याम्पियनसिपमा दुई राष्ट्रिय कीर्तिमान बनाउँदा ५० मिटर फ्रिस्टायलमा पनि सफलता प्राप्त गरेका छन्। कोरियाको ग्वाङझुमा शहरमा जारी १८औं फिना विश्व च्याम्पियनसिपमा शुक्रबार भएको ५० मिटर फ्रिस्टायलमा हिट चरणबाटै बाहिरिए पनि एलेक्सजेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। हिटमा एलेक्सजेन्डरले २५.३८ सेकेन्डमा पूरा गरे पनि चौथो स्थानमा खुम्चिए। यद्यपि, त्यो समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भयो।

एलेक्सजेन्डरले यसअघि सन् २०१७ मा भएको सातौं एनएससी कप पौडी च्याम्पियनसिपमा शिरिष गुरुङको नाममा रहेको २५.८८ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। गत बुधबार पनि एलेक्सजेन्डरले सय मिटर फ्रिस्टायलमा शिरिषले सातौं एनएससी कप पौडीमा बनाएको कीर्तिमानलाई सुधार गरेका थिए।  
शुक्रबार १ सय ३९ जनाले प्रतिस्पर्धा गरेको ५० मिटर फ्रिस्टायलमा एलेक्सजेन्डर समग्रमा भने १ सय १ स्थानमा रहन सफल भए। शुक्रबार नै भएको महिला ५० मिटरको बटलरफ्लाईमा सोफिया शाह पनि हिटबाट बाहिरिन्। उक्त विधा सोफियाले ३२.०४ सेकेन्डमा पार गर्दै आफ्नो व्यक्तिगत समय भने सुधार गरेकी थिइन्। उनले आफ्नो ३३.०२ को व्यक्तिगत समयलाई सुधार गरे पनि ९ खेलाडी सम्मिलित हिटमा चौथो स्थानमा खुम्चेकी थिइन्।

कुल ६४ खेलाडी सम्मिलित उक्त विधामा उनी समग्रमा भने ५५औं स्थानमा रहिन्। नेपालको अन्तिम चुनौतीअन्तर्गत सोफियाले नै शनिबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीका प्रशिक्षक शंकर कार्कीले जानकारी दिए। नेपालका कुल चार खेलाडीले चुनौती प्रस्तुत गरेको १८औं फिना विश्व च्याम्पियनसिपमा सबै खेलाडी हिटबाट बाहिरिए। शनिबार नेपालको अन्तिम चुनौती बाँकी छँदा तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्।

एलेक्सजेन्डरले आफूले खेलेका दुवै विधामा कीर्तिमान बनाउँदा गौरिकाले १ सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। गत जुलाई १२ देखि २८ तारिखसम्म हुने च्याम्पियनसिप नेपालका तर्पmबाट समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका हुन्। नेपाली टोलीको प्रशिक्षकमा मुख्य प्रशिक्षक शंकर कार्की छन्। शुक्रबारको ५० मिटर फ्रिस्टायलमा हिटचरणबाटै बाहिरिए पनि एलेक्सजेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। हिटमा एलेक्सजेन्डरले २५.३८ सेकेन्डमा पूरा गर्दा त्यो समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भयो। गत बुधबार पनि एलेक्सजेन्डरले १ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।

प्रकाशित: ११ श्रावण २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App