२३ आश्विन २०८१ बुधबार
image/svg+xml

राजगुठीको जग्गा व्यक्तिको नाममा

ठमेलस्थित छाँयादेवी कम्प्लक्ेसको जग्गा राजगुठीबाट व्यक्तिको नाममा गएको भएको तथ्य फेला परेको छ। शंकरप्रसाद शाह र उनकी बहिनी अम्बिका राणाको हाउजिङ कम्पनीको नाममा नामसारी गरिएको कमलपोखरीको जग्गा आफ्नो नातेदार हिमालय शमशेर राणाकी छोरी तथा पृथ्वीबहादुर पाँडेकी श्रीमती प्रतिमा राणा पाँडेको नाममा नामसारी गरिएको सरोकारवालाहरूको दाबी छ।

लिपुलेकमा चिप्लिएको नेपाल

दुईजना अध्यक्ष भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको चिन्तनमा देशको ‘भूराजनीतिक अवस्थितिको संवेदनशीलता’ ले बल्ल प्रवेश पाएको छ। पछिल्लो हप्ता पार्टीको स्थायी समितिको बैठकमा संयुक्तरूपमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘विश्व परिस्थितिका संकेतहरू नेपालसमक्ष एकसाथ चुनौती र सम्भावना बोकेर आएको’ उनीहरूले स्वीकार गरेका छन्। तर यो अत्यन्त संवेदनशील अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिवेदन मौन छ। उदीयमान परिस्थितिको पहिचान त भएको छ तर यसलाई नेपालको हितमा कसरी सम्बोधन गर्ने भन्ने मूल प्रश्नलाई अनुत्तरित छाडिएको छ।

'टु प्लस वान' भन्दा लिपुलेक जस्तो हुन सक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी हुनुपर्ने बताएका छन्। नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले 'टु प्लस वान' भन्नु आफुलाई उपयुक्त नलागेको बताए। उनले भने 'यो शब्द प्रयोगले फेरी उही लिपुलेक होला भन्ने डर छ।'

कालापानीको प्रमाण जुटाउँदै सरकार

नेपालको भूभाग रहेको लिम्पियाधुरा र लिपुलेकलाई भारत सरकारले भारततिरै पारेर नक्सा सार्वजनिक गरेपछि सरकारले पनि प्रमाण जुटाउन थालेको छ। नेपाल सरकारले भारत सरकारसँग सीमा विवादको विषयमा वार्ता गर्न चाहिरहेका बेला नेपालले आफ्नोतर्फको प्रमाण संकलनमा लागेको हो।

जनमोर्चाको कालापानी अभियान

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पर्ने नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेपछि पछिल्ला दिनहरूमा नागरिकस्तरबाट दैनिकजसो विरोधका कार्यक्रम भइरहेका छन्। यसैक्रममा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले कालापानी अभियानको सुरुआत गरेको छ।

‘कालापानीको मुद्दा नसेलाओस्’

दार्चुला व्यास गाउँपालिकामा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग गाभेर भारतले नक्सा सार्वजनिक गरेको तीन साता भइसक्यो। त्यसपछि सबैतिर चर्को आक्रोश र विरोध देखियो। सबै राजनीतिक दल नेपाली भूभाग मिचेकोमा विरोध गर्दै भूमि फिर्ता गर्नुपर्नेमा एकमत भए।

नागरिक समाजद्वारा नेपालको राजनीतिक नक्सा सार्वजनिक, मुद्दा राष्ट्रसंघसम्म पुर्‍याइने

नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

राष्ट्रिय भावका कविता वाचन

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतलाई समेटिएको विषयमा विवाद भइरहँदा भूगोल साहित्य समाजले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुले देशको भूमिप्रतिको प्रेममाथि कविताहरु वाचन गरे।

नारा लगाउँदा पक्राउ परेकालाई छोड्न आदेश

सर्वोच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयलाई लिएर नारा लगाउँदा पक्राउ परेका विद्यार्थी छोड्न बुधबार आदेश गरेको छ।

‘भिभिआइपी’ भ्रमणले पाहुना बढ्ने आस

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार मोटरबोट चढेर फेवाताल सयर गरिरहँदा लेकसाइडका पर्यटन व्यावसायी भन्दै थिए– भिभिआइपी पाहुनाको आगमनले पर्यटनमा सकारात्मक प्रभाव पर्छ। पाहुनाको आफ्नो मुलुकका मात्र नभई अन्य राष्ट्रका पाहुनालाई पनि घुम्नका लागि भिभिआइपीको भ्रमणले प्रोत्साहन गर्छ।

सीमा सुरक्षामा राष्ट्रिय एकता

हालै भारतले नेपालको भूभाग कालापानी र लिपुलेकसमेत समेटेर आफ्नो देशको राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा जनस्तर र सरकार दुवैबाट त्यसको प्रतिवाद भएको छ। जनस्तरबाट उच्च आत्मविश्वाससहित सीमा रक्षाका लागि जीउज्यान बलिदान गर्न तयार भएको अभिव्यक्ति र आक्रोश सार्वजनिक भएको छ भने सरकारी प्रतिक्रियामा सीमा रक्षाका निम्ति चट्टानी अडान र प्रस्ट दृष्टिकोण भने देखिएको छैन।

सरकार उपस्थित नहुँदा सम्प्रभुतामा खलल

व्याँस क्षेत्रमा न त सुरक्षा निकायको उपस्थिति छ न अन्य सरकारी संयन्त्रको। स्थानीयलाई आफ्नै भूमि भएर खलंगा आउजाउ गर्ने बाटोसमेत त्यहाँ छैन।

भारतीय अतिक्रमण विरुद्ध नेविसंघको विरोध जुलुस

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमाना अतिक्रमण गरेको भन्दै नेबि संघको दिक्तेल बहुमुखी क्याम्पस ईकाइ समितिले सोमबार प्रदर्शन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्