२४ असार २०८१ सोमबार
image/svg+xml
कला

राष्ट्रिय भावका कविता वाचन

काठमाडौं  – भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतलाई समेटिएको विषयमा विवाद भइरहँदा भूगोल साहित्य समाजले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुले देशको भूमिप्रतिको प्रेममाथि कविताहरु वाचन गरे। बुधबार राजधानीमा आयोजित कविता यात्राको तेश्रो श्रृंखलामा डेढ दर्जन कविहरूले आ–आफ्नो कविता वाचन गरेका थिए।

कार्यक्रममा कवि बमबहादुर जिताली, रामबहादुर पहाडी, त्रिभुवनचन्द्र वाग्ले, मुकुन्द अर्याल, धरणीधर गुरागाई र दिनेशविक्रम थापालगायतले देशप्रेम, प्रकृति प्रेम र सामाजिक विषयमा केन्द्रित कविता वाचन गरे। सो कार्यक्रममा प्रकाश घायल, मानुषी रेग्मी, शेरबहादुर अधिकारी, उमेश तिम्सिना, पुष्पा केसी, लव खड्का, टेकबहादुर लौडारी, गंगा आचार्य, सोनिया केसी र हरिश्चन्द्र गौतमलगायतले वाचन गरेको कविताहरुमा लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत क्षेत्र भारतले दाबी गर्न नमिल्ने भाव समेटिएका थिए।

प्रकाशित: ६ मंसिर २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App