१ असार २०७८ मंगलबार

प्रेम र यौनको हक

कानुनले विवाहअघि १८ देखि २० वर्षको उमेरमा मञ्जुरी वा सहमतिमा यौनसम्बन्ध राख्न छुट दिएको ठहर्छ। यो स्पष्ट लेखिएको व्यवस्था होइन, यस्तो अर्थ निकाल्न मिल्ने मात्र हो। यहाँ अर्को प्रश्न पनि छ– किशोर वा किशोरीले १८ वर्षअघि नै म यौनका लागि शारीरिक र भावनात्मक रूपमा परिपक्व भएँ, म सुरक्षित यौनसम्बन्ध राख्न चाहन्छु, वा प्रेम सम्बन्धमा बस्न चाहन्छु भनेमा के गर्ने ? यसो नभने पनि उनीहरूका चाहना विद्रोहमा परिणत हुन सक्छन्, जसले विभिन्न दुर्घटना निम्त्याउन पनि सक्छन्।

किराती ज्ञान केन्द्र ‘तुवाचुङ’

अझै पनि खियामाको तानढुंगा छेवैमा ठूलो पोखरीको अवशेष देखिन्छ। त्यो पोखरी तोयामा र खियामा दिदीबहिनीले बनाएको भनिन्छ। कथाअनुसार, दिदीबहिनीले पोखरीको वरिपरि सप्तरंगी फूल रोपेका थिए। बिहानीपख सप्तरंगी फूलको प्रतिविम्ब पोखरीमा देखिन्थ्यो। घाम झुल्किने बेला फूलहरूले यस डाँडा नै रातो हुन्थ्यो।

बुद्धको नजरमा मृत्युदण्डको सजाय

लन्डनमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको दृश्य हेर्न भेला भएको ठाउँमा पनि पकेट मार्ने घटना भयो, जबकि पकेट मारेकै प्रसंगमा त्यहाँ कसैलाई मृत्युदण्ड दिइँदै थियो। कानुनी कारबाहीले मात्रै परिवर्तन ल्याउन सक्दैन भन्ने कुराको यो घटना गतिलो उदाहरण हो।

खोपका राजकुमार

संसार कोरोना भाइरसबाट आक्रान्त हुन थालेका बेला उनीसँग दुईवटा बाटा थिए–पहिलो, अरू कम्पनीझैँ खोप तयार कहिले हुन्छ, त्यो उत्पादन गर्ने थोरबहुत मौका पाइन्छ कि भनेर कुर्ने र संसारमा मृतक संख्या गनिरहने। अर्को चाहिँ, संसारमा खोप तयार गर्न दौडधुप गरिरहेका शोधकर्तासँग काँधमा काँध मिलाएर अघि बढेर उनीहरूभन्दा अगाडि दौड पूरा गर्ने जोखिम मोल्ने।

रंगमञ्चमा ध्वनि

ध्वनि सम्प्रदायले ध्वनिलाई रसध्वनि, वस्तुध्वनि र अलंकार ध्वनिमा विभाजन गरेर ध्वनिको गहिराइसम्म पुग्ने प्रयास गरेको देखिन्छ। काव्यशास्त्रमा व्याख्या गरिएको ध्वनिसँग आवाजको कुनै तादात्म्यता वा सम्बन्ध छैन। यो त काव्यको भित्री गुण वा व्यंग्यार्थसँग अन्तर्निहित तत्व मानिन्छ, जुन रसको माध्यमबाट ध्वनिस्वादन या आत्मस्वादन गर्न सकिन्छ।

पृथ्वीनारायणलाई किन सम्झने ?

पृथ्वीनारायण जुनबेला राजा भए, वि.सं. १७९९ चैत्र २५ गते, त्यसबेला अहिलेको हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ५२ वटाभन्दा बढी राज्य अस्तित्वमा थिए। गण्डकी प्रश्रवण क्षेत्रमा २४ वटा राज्य, कर्णाली प्रश्रवण क्षेत्रमा २२ वटा राज्य थिए। त्यसबेला एउटा राज्यले अर्को राज्यलाई आक्रमण गरेर हारजित भइरहने हुँदा यो संख्यामा घटी वा बढी भइरहन्थ्यो।

आर्थिक समृद्धिमा मौरी

रानी मौरीले फुल पार्ने, भाले मौरीले रानी मौरीसँग समागम गर्ने र कर्मी मौरीले सम्पूर्ण रेखदेखदेखि लिएर कोलोनी सफा गर्ने, पोलेन ल्याउने, खुवाउने, विचरण गर्ने गर्छन्। मौरीहरू आफ्नो जिम्मेवारी समयमा पूरा नगरेको अवस्थामा सम्पूर्ण जीवनचक्रमै असर पर्छ।

सि जिनपिङको विश्व दृष्टिकोण

समकालीन विश्व राजनीतिमा प्रचलित हार्डपावर सैन्य र आर्थिकमा चीन दरो छ। तर सफ्टपावर संस्कृति र भाषामा पनि चीनको आसाधारण हैसियत छ।

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिवद्धता जनाएका छन्। भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाधिस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन्।

‘महिलालाई सशक्त बनाउन आवश्यक’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउन आवश्यक भएको बताएका छन्।

संस्कार, संस्कृति र बौद्ध धर्मदर्शन

आ–आफ्नो पहिचानजन्य संस्कार र संस्कृतिलाई बौद्ध धर्मदर्शनसँग जोडेर लाने क्रममा चिनियाँ बौद्ध धर्म, तिब्बती बौद्ध धर्म, जापानी बौद्धधर्म, थाई बौद्ध धर्म लगायत सम्प्रदाय जन्मिए। यो नै बौद्ध धर्मदर्शनको विशेषता हो।

आत्महत्यामा बौद्ध दृष्टिकोण

बौद्ध अभ्यासमा शील, समाधि र प्रज्ञालाई आधार भूमिका रूपमा लिइन्छ। शील बलियो नभई समाधि सम्भव छैन भने शील र समाधिलाई बलियो नबनाई प्रज्ञा उत्पन्न हुँदैन। प्रज्ञा उत्पन्न हुनु भनेको बौद्ध अभ्यासमा पूर्णता प्राप्त हुनु हो। आध्यात्मिक उन्नतिका लागि मात्रै नभएर भौतिक उन्नतिका लागि पनि शील उत्तिकै आवश्यक हुन्छ।

बौद्ध दर्शन निराशावादी होइन

बौद्ध दर्शनको बुझाइ बौद्ध दर्शनअनुरूप नभई अन्य दृष्टिकोणबाट बुझ्ने वा गलत विम्बको निर्माण आफैले गरी त्यही नै बौद्ध दर्शन हो भनेर प्रशंसा वा आलोचना गर्ने एक खालको जमात पाइन्छ। दर्शनशास्त्रको अध्ययन गर्दा मोटामोटी रूपमा पूर्वीय र पाश्चात्य गरी दुई वर्गमा छुट्याउने चलन छ।

खेर गएको मानव पुँजी

अहिले संसारका कुनै पनि मुलुक आर्थिक दृष्टिकोणले सम्पन्न र शक्तिशाली बन्ने होडमा छन्। त्यसैले आर्थिक प्रतिस्पर्धामा खरो उत्रन सबै मुलुक आफ्नो अर्थतन्त्र मजबुत बनाउने प्रयासमा छन्। अर्थतन्त्र मजबुत बनाउने क्रममा लगानीका विविध क्षेत्र पहिचान गर्दै तिनमा लगानी प्रवद्र्धन गरेर उत्पादकत्व र उत्पादन वृद्धिमा विश्वका हरेक मुलुकको ध्यानकेन्द्रित भइरहेको छ।

पृथ्वीनारायण शाहलाई बुझ्ने दृष्टिकोण

केही लेखक र बुद्धिजीविहरुको यो मान्यता रहेको पाइन्छ कि पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान अघि बढाएको कुरा साँचो हो तर उनको राज्य विस्तार अभियानको उद्देश्य एकीकरण थिएन । यो त झनै हास्यास्पद तर्क हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्