जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ।
किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीले धनगढी, गोदावरी, गौरीगङ्ग, टीकापुर लम्कीचुहा नगरपालिका र जोशीपुर, बर्दगोरीया, जानकी, र मोहन्याल गाउँपालिका गरी नौ स्थानीय तहका १६ वटा भैँसीपालक समूहलाई दुई करोड २५ लाख रकम अनुदान उपलब्ध गराइएको वरिष्ठ पशु विकास अधिकृत तथा प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए।
छनौट भएका १६ वटा समूहलाई १७ लाख ४१ हजारको दरले अनुदान उपलब्ध गराइएको छ। भैंसीपालन समूहलाई च्यापकटर (घाँस काटने मेसिन), दाना पिस्ने मेसिनलगायत औजार पनि वितरण गरिएको छ।
प्रकाशित: २ असार २०८३ १६:४८ मंगलबार





-600x400.jpg)