३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा सुरु

एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी छलफल विराटनगरमा सुरु भएको छ।

मंगलबारदेखि सुरु भएको छलफलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको कार्यदलका संयोजक थापासहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सहभागी छन्।

प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम बेहोरेपछि नेकपा एमालेले चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन अभियान सुरु गरेको थियो। सोही अभियान अन्तर्गत कोशी प्रदेशस्तरीय छलफल विराटनगरमा आयोजना गरिएको हो।

छलफलमा कोशी प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी, जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको सहभागिता रहेको छ।

कार्यक्रमको व्यवस्थापन एमाले कोशी प्रदेश कमिटीले गरेको छ। एमालेले असार १९ गतेसम्म देशव्यापी समीक्षा अभियान सम्पन्न गर्ने लक्ष्य लिएको छ। छलफल बुधबारसम्म सञ्चालन हुने जनाइएको छ। 

प्रकाशित: २ असार २०८३ १८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App