२ असार २०८३ मंगलबार
image/svg+xml
अपराध

चिया पसलमा गाँजा बिक्री गर्ने एक जना पक्राउ

मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको एक चिया पसलमा लागुऔषध गाँजा बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनपालथान–४ का ४० वर्षीय गोपाल सहनीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार सहनीले आफ्नो चिया पसलमा स–साना पोका बनाएर बिक्री वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा छापा मार्दा भेटिएको थियो।

चिया पसलमा बिक्रीका लागि स–साना पोका बनाएर लुकाइछिपाई राखेको अवस्थामा ८ सय ग्राम गाँजासहित सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा पसलको गल्ला (पैसा राख्ने बाकस) भित्र गाँजा र नेपाली रुपैयाँ फेला परेको बताउँदै डिएसपी मिश्रले भने, ‘चिया पसलबाट गाँजा बिक्री हुन्छ भन्ने सूचनाका आधारमा खनतालासी गर्दा गाँजा बरामद भयो। गाँजासहित सहनीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।’

प्रकाशित: २ असार २०८३ १६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App