८ आश्विन २०८१ मंगलबार
image/svg+xml

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा पृथ्वीसुब्बा गुरुङ विजयी

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन्।

प्रदेश १ मा एमाले अगाडि

प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी हुने देखिएको छ। प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये हालसम्म एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालिसकेको र ११ स्थानमा अग्रता कायम गरिरहेको छ।

सुनसरीमा एमाले र मोरङमा काँग्रेस आशावादी

नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ।

झापा ५ को मतगणना सुरू

दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

उनले मतदातासँग लाइनमै बसेर मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिदैँ पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे चितवनबाट मतदान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर दाहालले बिहान पहिलो मतदान गरेका हुन्।

गलत प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन्।

सत्तारुढ दलहरुको सम्पूर्ण तागत विकास र समृद्धिमा लाग्ने छ: दाहाल

अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरी जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए।

रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँः विष्णु पौडेल

उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए। उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताए।

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता यो गठबन्धन हो: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएको बताएका छन्।

मतदातालाई धोका दिने छैन: महेश बस्नेत

यो क्षेत्रमा जति काम भएका छन्, एमाले सरकार भएको समयमा पार्टीले गरेका काम हुन् ती। अब एमालेले यसअघिदेखिकै प्रतिबद्धतालाई निरन्तरता दिँदै नयाँ योजना र एजेन्डासाथ १ नम्बर क्षेत्रको विकासको गति अघि बढाउने छ। म त्यसको अगुवाइ गर्नेछु।

'मेरो निम्ति यो अन्तिम चुनाव हो, अबको ५ वर्षमा इलामको काँचुली फेरिन्छ'

मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्‍यो।

माओवादीको चुनावी प्रचारप्रसारमा संलग्न रहेका घिसिङलाई आयोगले सोध्यो स्पष्टीकरण

घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो? भनी स्पष्टीकरण सोधिएको छ।

हामी सानदार विजयको माहोलमा निर्वाचन प्रचारप्रसार गरिरहेका छौँ: एमाले नेता रिमाल

अहिले हामी निर्वाचनको प्रचार तयारी र यसको उपलब्धीको लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौँ।

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल

मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका पोखरेलले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्