८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतको सकारात्मक धारणाकै कारण हामी अहिले यहाँ छौँः प्रचण्ड

‘नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु,' उनले भने, 'त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो। हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो। त्यसकारण हामी अहिले यहाँ छौँ।’

धरानमा एमाले विवाद: नगर अधिवेशन पनि दुईतिर गर्ने तयारी, ९ वटा वडा कमिटीले बहिष्कार गर्ने

एमाले धरानको अधिवेशन दुई स्थानमा अलग अलग गर्ने तयारी भएपछि स्थानीय नेता, कार्यकर्ताहरुले मिलेर एकै ठाउँमा आयोजना गर्न दबाब पनि दिइरहेका छन्।

प्रचण्ड र माधवलाई आगामी चुनावमा जित्न ओलीको चुनौती

उनले सबै वामपन्थी, कम्युनिष्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरुलाई एमालेमा समाहित हुन आव्हान पनि गरे।

प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीको क्षति अवलोकन गर्न प्रदेश १ को भ्रमणमा आएको र आन्तरिक तयारी पनि गर्नुपर्ने कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संदको बैठक रोक्न माग गरेको हो।

वडावडामा एमालेको नयाँ नेतृत्व

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ हजारभन्दा बढी वडामा शनिबार नयाँ नेतृत्व चयन गरेको छ। दसौं महाधिवेशनको सम्मुखमा सबै तहमा नेतृत्व छान्ने क्रममा एकै दिन देशभरका ६ हजारभन्दा बढी वडामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चुनेको हो। मुलुकभरि ६ हजार ७ सय ४५ वडा छन्। अधिवेशन हुन बाँकी वडामा एक साताभित्रै सम्पन्न गर्ने एमालेले जनाएको छ।

अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गरः अध्यक्ष ओली

शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए।

बैठकमा ओलीको आलोचनाः १० बुँदे नमाने पार्टीलाई क्षति

स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

एमालेको १०औं महाधिवेशन चितवनमा हुने

नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो। महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने छ।

ओलीलाई रावलको जवाफ: १० बुँदे ‘एकतारे’ होइन ११ तारे विगुल हो

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत असन्तुष्टि जनाएका हुन्।

आफूले चाहे सरकार एक हप्ताभित्रै ढाल्ने: ओली

उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।

किसानलाई राहत प्याकेज दिन एमालेको माग

मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई सभामुखको आह्वान

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान गरेका छन्।

दसैँको मुखमा भएको दुर्घटनाको खबरले मर्माहत बनायोः प्रचण्ड

प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको नि:शुल्क उपचारका लागि सरकारसँग विशेष आग्रहसमेत गरेका छन्।

सरकारले गरेका निर्णयहरू खारेज गर्ने विपक्षी गठबन्धनको चेतावनी

नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले सभामुख पनि सरकारकै मतियार भएको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्