८ वैशाख २०८१ शनिबार
राजनीति

आफूले चाहे सरकार एक हप्ताभित्रै ढाल्ने: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन्।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको समेत स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिउँ भन्ने हो भने। यस्तैयस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं। लोभीपापीहरु छन, दिए भईगो नि। ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र?’  

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने पनि बताए। उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।

प्रकाशित: ३ कार्तिक २०७८ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App