८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारलाई सयमा १० नम्बर : तामाङ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले शेरबहादुर देउवाको सरकारको सय दिनको समीक्षा गर्दा आफूले १०० मा १० नम्बर मात्रै दिने बताएका छन्। उनले भने, ‘यो सरकारले खासमा ८८ दिनमा मात्रै पूर्णता पायो। अहिले सय दिनभन्दा पनि १२ दिनको हिसाब गर्नुपर्ला। यो सरकार हरेक क्षेत्रमा असफल छ। विकास निर्माणमा पनि फेलियर छ। मित्रराष्ट्रको सम्बन्धको हिसाबले धेरै गतिलो चालामाला देखिएको छैन। ओली सरकारले बनाएका राजदूतहरु उहाँहरुले फिर्ता बोलाउनुभएको छ। चीनतिर सिमाना विवाद छ भनेर बिच्काई दिनुभएको छ। महाकाली नदीको तुईन प्रकरणमा सरकार एक शब्दपनि बोलेको छैन्। एमसिसीको बारेमा पनि सरकार स्पष्ट छैन्। हरेक फिल्डमा सरकार फेल छ,’ उनले भने।

आफूले कनिकुथी गरेर सरकारको सय दिनको समीक्षामा नम्बर दिनुपर्दा १० नम्बर दिन सक्ने बताए। उनले आफूहरुले सदन अवरुद्ध नगरेको जिकिर गरे। उनले भने, ‘पार्लियामेन्टमा हिजोको सरकारले ल्याएका विधेयकहरु ल्याएको थियो। पार्लियामेन्टको पहिलो बैठकमा विधेयकहरु प्रस्तुत गर्नुपर्दथ्यो। हामी त अहिले सामूहिक रुपमा आवाज उठाएका हौं। बरु सदन त सत्तापक्षले अवरोध गरिरहेको छ। जुन तरिकाले एमालेजतिको पहिलो दललाई विभाजन गर्नको लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याईयो, त्यो पनि पार्लियामेन्टको बैठक चल्दाचल्दै हठात् अधिवेशन अन्त्य गरेर अध्यादेश यो सरकारले ल्यायो। विभाजनअघि नै हामीले केही सांसद साथीहरुलाई कारबाही गरेका थियौं। तर, कारबाही सदर भएन।’

उनले सदन सुचारु गर्नको लागि आफूहरु सत्तापक्षीय र प्रतिपक्षी भएर वार्ता गर्न तयार रहेको सुनाए। उनले भने, ‘प्रधानमन्त्रीसँग वार्ता गर्न तयार छौं। हामी सदन खुलाउन तयार छौं। त्यही वार्ताबाट निश्कर्ष निस्किन्छ।’

प्रकाशित: ३ कार्तिक २०७८ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App