७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से.४प. ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा ठोक्किएपछि चालक कञ्चनपुर कृष्णनगरपालिका–२ बस्ने २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुढानिलकण्ठमा घरको गेट ढलेर किच्दा बालिकाको मृत्यु

बुढानिलकण्ठ नगरपालिका–१० निखिलेश्वरमा घरको गेट(द्वार) ढलेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।

पतिको कुटपिटबाट महिलाको मृत्यु

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको मध्येवर्ती गाविस भलायडाँडाँ ९ ध्वाँसेकी २६ वर्षीया शोभा सदाको आप्mनै श्रीमान्को कुटपिटबाट दुई दिनअघि मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य उदयपुरले जनाएको छ।

बस दुर्घटनामा ३ जनाको मृत्यु

दाङमा बिहीबार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन् । घोराहीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७७६ नम्बरको बस घोराही लमही सडक खण्डको मसोट खोला भन्ने स्थानमा पल्टिएको हो।

बसको ठक्करबाट पाटे बाघको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्र्तगत कर्णाली र अम्रेनी सडक खण्डको कुँवाभारमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघको मृत्यु भएको छ। बुधबार राति धनगढीबाट काठमाडाैंतर्फ जादै गरेको ना४ख२८८७ नम्वरको यात्रु बसको ठक्करवाट बाघको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छन भने अर्का एकजना वेपत्ता भएका छन्। सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

१५ दिनको छोरा खेलाउँदा बाबुको हातबाट खसेर मृत्यु

धवाङ–६ बस्ने अमरबहादुर बुढाले आप्mनै १५ दिनको छोरा अवय बुढालाई खेलाउने क्रममा हातबाट खसेर छोराको मृत्यु भएको छ।

सिकारीको गोली लागी मृत्यु

गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ ।

सुनकोसीमा गाडी खस्यो, ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविस ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा खस्दा ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनकोसीमा गाडी खस्यो, ६ जनाको मृत्यु

काठमाडौंबाट हलेँसीतर्फ जाँदै गरेको स्कोरपियो गाडी सुनकोसीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इन्डोनेसियामा सैन्य विमान दुर्घटना हुँदा १३ को मृत्यु

इन्डोनेसियामा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। टिमिका सहरबाट उडेको हर्कुलस सी १३० जहाज वामिना विमानस्थलमा अवतरणका लागि चालकले टावरसँग सम्पर्क गरेका थिए।

महिला अधिकारकर्मीको शंकास्पद मृत्यु

लम्की चुहा नगरपालिकाकी अधिकारकर्मी सरस्वती बसुटेल, ४२ को रहस्यमय ढंगले मृत्यु भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अघिल्लो दिन मंसिर २४ गते उनको मृत्यु भएको हो।

मृत्युको सहयात्रा

गल्ती हामीले बाँचेको समयको हो जो विषालु सर्प भएर ती आमाहरूको मनमा बास गरेको छ। तपाईंको असुरक्षाको महसुस एउटी आमालाई भएको हो। उनलाई डर छ कि तपाईंलाई कसैले प्रयोग गरेर छोडिदिने त होइन! कसैले तपाईंको कलिलो भावनामाथि खेलबाड गर्ने त होइन? त्यही डरले उनलाई त्यो आवेगमा पुर्‍याएको हुनुपर्छ। प्लिज कन्ट्रोल योर पेन!

विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर

ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा दुर्घटना भएकाे छ। २६ जना विद्यार्थी बाेकेकाे बस शनिबार विहान दुर्घटना भएकाे ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्